२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

बजेटका ६१ बुँदे प्राथमिकता र सिद्धान्त (पूर्णपाठ)

डबली खबर     बैशाख २८ २०७७ १७:५१

budget nepal 2077 baishakh
pratik book and stationery center in nuwakot

काठमाडौं – सरकारले कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक विकास, सुशासन तथा समृद्धिको मार्गलाई अगाडि बढाउने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने भएको छ ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त, प्राथमिकताका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।

साथै उनले संविधानले प्रत्याभूत गरेको लोकतान्त्रिक मूल्य मान्यता, समाजवाद उन्मुख अर्थतन्त्रका प्रमुख आधारका रूपमा रहेको सार्वजनिक, निजी, सहकारीका माध्यमबाट सामाजिक न्याय स्थापना गर्दै समृद्ध अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट केन्द्रित गरिने बताए । साथै आगामी बजेटले देशमा रोजगारी सिर्जजना गर्न बैंक तथा वित्तीय क्षेत्रको लगानी उत्पादनमुलक क्षेत्रमा केन्द्रित गरिने बताए ।

यसैगरी कोरोना पछिको लकडाउनका कारण उद्योग व्यवसायका साथै देशको अर्थतन्त्रमा ठूलो असर परेको जानकारी दिँदै आगामी बजेटले कर वृद्धिभन्दा करेको दायरा बढाउनेतर्फ उन्मुख हुने जानकारी दिए । साथै अबका दिनमा बजेटमा बढीभन्दा बढी वैदेशिक सहाहयता परिचालनलाई प्राथमिकता दिईने बताए ।

उनले कोरोना नियन्त्रणका क्रममा प्राप्त भएको अन्तरराष्ट्रिय ऐक्यबद्धालाई उपयोग गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्रोत साधन उपयोग गर्दै निजी क्षत्रेलाई समेत मौद्रिक उपकरण तथा राहतका विभिन्न प्याकेजमार्फत समस्याको समाधान गर्ने विश्वास गरेका छन् ।

आर्थिक बर्ष २०७७/०७८ को बजेटको प्राथमिकता र सिद्धान्तको पूर्ण पाठ

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top