विदुर – तारकेश्वर गाउँपालिकाले शैक्षिक सत्र २०७६ कक्षा ८ को परीक्षाफल अनलाईन र एसएमएसमार्फत् सार्वजनिक गरेको छ ।
शनिबार साँझ पालिकाले प्रविधिको माध्यमद्वारा आधारभूत तह अन्तर्गत कक्षा ८ को नतिजा प्रकाशन गरेको हो ।
कुनै पनि विषयमा “डी प्लस” भन्दाकम र ग्रेड पास गरेका विद्यार्थीहरुको ग्रेड वृद्धि परीक्षा लकडाउन अवधि समाप्ति पछि विद्यालय संचालन भएको सात दिन भित्र गरिने प्रमुख प्रशासकीय अधिकृत माधव घिमिरेले जानकारी दिएका छन् ।
नतिजा हेर्न ESO TAR <Symbol Number> टाईप् गरी ३१००७ मा एसएमएस गरि विद्यार्थी स्वयंले आफ्नो नतिजा मोबाइलमा हेर्न सकिनेछ । साथै https://esolution.school/online-results वेबसाइटमार्फत परीक्षार्थीले सिम्वोल नम्बर र पालिका छनौट गरि नजिता हेर्न सक्नेछन् ।
प्रतिक्रिया