२०८१, १२ बैशाख बुधबार

नुवाकोटमा विदेशबाट आएका एक जना आइसोलेशन वार्डमा

डबली खबर     बैशाख २४ २०७७ २१:४३

nuwakot coronavirus covid19 update
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – कोरोनाभाइरस सङ्क्रमण आशंकामा नुवाकोटमा एक जनालाई आइसोलेशन वार्डमा राखिएको छ ।

भारतको दार्जीलिङबाट एक महिना अगाडी घर फर्किएका विदुर नगरपालिकाका एक व्यक्तिलाई कोरोना भाइरसको आशंकामा आइसोलेशन वार्डमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर घिमिरेले जानकारी दिए ।

उच्च ज्वरो आएपछि आज दिउँसो जाँच गराउन जिल्ला अस्पतालमा गएका उनलाई कोरोना भाइरस संक्रमणको आशंकामा भर्ना गरेर उपचार सुरु गरिएको छ । उनको स्वाब सङ्कलन गरेर थप परीक्षणको लागि काठमाडौं पठाईएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । सरकारले विश्वव्यापी महामारी कोरोना (कोभिड-१९) भाइरस संक्रमण नियन्त्रणका लागि जेठ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top