विदुर – विदुर नगरपालिकाले कक्षा ८ को परीक्षाफल अनलाइनमार्फत सार्वजनिक गरेको छ । मङ्गलबार पालिकाले डिजिटल माध्यमद्वारा आधारभूत तह अन्तर्गत कक्षा ८ को नतिजा प्रकाशन गरेको हो ।
सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट सहभागी भएका परीक्षार्थी मध्ये ११ सय ३८ जना कक्षा अपग्रेड भएको विदुर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत दिवाकर चापागाईंले जानकारी दिए । जसमा “ए प्लस” देखि “बि प्लस” ग्रेडसम्म ११ सय १ जना र ३७ जना “बि” ग्रेड भन्दा कम ग्रेड ल्याएका छन् । बाँकी २१ जना परीक्षामा अनुपस्थित रहेका थिए । परीक्षामा कुल ११ सय ५९ जना परीक्षार्थी सहभागी भएका थिए । उनका अनुसार परीक्षार्थीहरुको ग्रेड सिट लकडाउन खुलेपछि सम्बन्धित विद्यालयलाई उपलब्ध गराईने भएको छ ।
कोरोनाभाइरसको जोखिमबाट सुरक्षित रहनको लागि सरकारले जारी गरेको लकडाउनले प्रभावित बनाइरहेका बेला नगरपालिकाले भने नतिजा प्रकाशनलाई अनलाइन व्यवस्थापन प्रणालीबाट प्रकाशन गरेको हो।
परीक्षार्थीले कक्षा ८ को नतिजा व्यवस्थापन प्रणाली अन्तर्गतको वेबसाइटमार्फत परीक्षार्थीले सिम्वोल नम्बर र जन्ममिती जनाएपछि नजिता हेर्न सक्नेछन् । अनलाइनबाट नै विद्यालयले उपलब्ध गराईएको प्रयोगकर्ताको नाम र पासवर्ड प्रयोग गरि विद्यार्थीको सम्पूर्ण प्राप्तांक (लेजर) डाउनलोड गर्न सकिने छ।
नतिजा कसरी हेर्ने?
वेबसाइटमा नतिजा हेर्नको लागि पहिला यहाँ क्लिक वा ट्याब गर्नुहोस्।
त्यसपछि “विदुर नगरपालिका” नगरपालिका छान्नुहोस् ।
त्यसपछि एउटा साइट खुल्नेछ अनि दिईएको “Result” मेनु क्लिक गर्नुहोस् ।
अनि परीक्षार्थीले आफ्नो सिम्बोल नम्बरमा भएको अल्फावेट नराखी र जन्म मिति राखेर “Submit” गर्नुहोस ।
प्रतिक्रिया