काठमाडौं – संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको सहयोगमा देशभरका सबै स्थानीय तहहरुलाई जूम क्लाउडको प्रिमियम लाईसेन्स उपलब्ध गराउने भएको छ ।
भर्टुअल भिडियो कन्फ्रेन्सिङका लागि उक्त लाइसेन्स संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत लिन सकिने छ ।
मन्त्रालयले मंगलबार सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सबै नगरपालिका, गाउँपालिकाका पत्राचार गर्दै उक्त लाइसेन्सको लागि आधिकारिक व्यक्तिको पूर्ण विवरण पठाउनु पर्ने भनिएको छ ।
फाराम भर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
सूचना लिंक पूर्ण रुपमा हेर्न यहाँ क्लिक वा ट्याब गर्नुहोला ।
प्रतिक्रिया