जनताले दिन्छन्!
हरेक ५/५ वर्षमा दिन
दिएर थाक्दैनन्
छानिछानि दिन्छन्
कहिले फेर्छन्
कहिले पुरानै दोहोर्याउछन्ते, हेर्याउँछन्
दिन्छन् दिएर पनि गुनासो गर्दैनन्
दु:ख, सुख गर्छन्
चित्त बुझाउँछन्
आफै हाँस्छन्, रमाउँछन्
सोचे जस्तो नभएपछि
कहिलेकाहीं थक्थकाउँछन्
नेताहरुले लिन्छन्
लिन गारो मान्दैनन्
विकास समृद्धिको कुरा गर्छन्
यसो गर्छु उसो गर्छु भन्छन्
चुनाव नसकुन्जेल दौडधुप गर्छन्
दोहोर्याई तेहेर्याई नमस्कार! गर्छन्
हाल, चाल सोध्छन्
चिया नास्ता खाउँ भन्छन्
मान्छे हेरेर चिया पानी व्यवस्था गर्छन्
कोहि कसैलाई नगदै ट्क्र्याउछन्
सबै सँग माग्छन्
पक्ष विपक्ष ठेलमठेल गर्दै
चुनावि नतिजामा एउटा नेताले जित्छन्
जिते पछि विजय र्यालि गर्छन्
जनतालाई धन्यवाद! दिने भन्दै
खसी काट्दै भोज गर्छन्
भेटघाट विदाबारी भएर
नेता राजधानी छिर्छन्
दौडधुप बैठकमा बस्छन्
कुरा सुन्छन सुनाउँछन्
सहरी रहन सहनमा भुल्लिन्छन्
गाउँ कमै आउँछन्
साधनको समस्या सुनाउँछन्
भ्याई नभ्याई भएको गुड्डि हाक्छन्
भेट्दा खिस्स हाँस्छन्
मुखले नमस्कार! फर्काउँछन्
मानि नमानि हात उठाउँछन्
हात मिलाउन गारो मान्छन्
कुराले चिल्लो घस्छन्
काम गरिरहेको सुनाउँछन्
अरुले खुट्टो तानेको बताउँछन्
दोष जति अरुलाई थोपार्छन्
राम्रो जति आफुले गरेको भनि हाल्छन्
कामको लागि
कर्मचारिलाई अर्डर गर्दिसकेको फुई लाउँछन्
कोट, वैस्टकोट बेलाबेलामा मुसार्छन्
कुरै कुरामा चियाको अफर गर्छन्
गाउँ विकासका कुरा सोध्छन्?
परिवारको सोधी खोजि गरि टोपल्छन्
नचिनेकालाई चिने झैं गर्छन्
चिनेकालाई आत्मीय देखाउँछन्
कुरै कुरामा हतार भएको सुनाउँछन्
भेटदा कुरा सुन्दैनन, गर्दैनन्
पछि बसेर कुरा गरुँला भन्छन्
पछि कहिले भन्दा
राजधानी आउँन निम्तो दिन्छन्
नयाँ मोबाईल देखाउँदै
फोन गर्न भन्छन्
पिठ्युमा धाप मार्दै बिदा माग्छन्
कार्यक्रममा ढिला भएको सुनाउँछन्
प्रतिक्रिया