sujim advert

नुवाकोट १२ वटै गाउँपालिकालाई स्वास्थ्य सामाग्री

डबली खबर     बैशाख २०, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

yashoda memorial hospital donate health material infrared thermo gun nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले नुवाकोटका १० वटै गाउँपालिकालाई ज्वरो चेकजाँच गर्ने डिजिटल थर्मोगन वितरण गरेको छ ।

स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा केसीले कोरोनाभाइरस विरुद्धको लडाईंमा सबै पक्षको सक्रिय सहभागीता हुनुपर्ने बताए । उनले विपद्को समयमा सबै नागरिकलाई आवश्यक्ताको आधारमा समान रुपले राहत वितरण गर्न सबै स्थानिय तहका प्रमुख एवम् प्रतिनिधिहरुलाई आग्रह गरे ।

यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले जिल्लाका १० वटै गाउँपालिकालाई मास्क र स्यानिटाइजर वितरण गरेको छ । ट्रस्टका अध्यक्ष  डा. केदारनरसिंह केसीका अनुसार सबै गाउँपालिकालाई १ हजारको दरले मास्क र ४० प्रति स्यानिटाइजर वितरण गरिएको छन् ।

ट्रस्टले यस अघि पनि स्वास्थ्यकर्मी, पत्रकार, एम्बुलेन्स चालकलाई विभिन्न स्वास्थ्य सामग्री र मजदुर दिवसका दिन कृषकका लागि खाद्यान्न सामग्री उपलब्ध गराएका थिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top