+
Search

ताजा अपडेट +

पपुलर +

भेदभाव! नदेखिएको हतियार

keshab gajurel oskar international collect flim maker
डबली खबर
५ साल अगाडी

छाला मात्र एक रंग हो
उमेर मात्र एक संख्या हो
महिलाहरु पनि एक मानव हुन्
धार्मिक व्यक्तिहरु मात्र एक विश्वासी हुन्
र दलितहरु केवल केवल एक मानव हुन्।

त्यै पनि हामि किन भेदभाव गर्छौ?
किन यिनिहरुलाई एउटै चस्माले हेर्न सक्दैनौ?
के हामि डराईरहेका छौं?
या हामि आफैमा खराब मनुवा हौँ?
सबैजना एकै ग्रहमा त छौं।

भन्नुहोस्,
हाम्रो सोच के हो?
दलितहरु कुरुप छन्?
दलितहरुले प्रेम गर्न जान्दैनन्?
या दलितहरु युद्ध गर्न सक्दैनन्?

आफ्नै हात काटि रगत हेर्नुहोस्
तिनीहरुको पनि हात काटि रगत हेर्नुहोस्।
अब सुन्नुहोस् हामिले तिनीहरुलाई
ईश्वरहिन मन्दिरभित्रका मुर्ति झिकेर
तिनका आफ्नै घरको खोपीमा राख्दै गरेको
देख्यौं भने त्यति बेला हामि के सोच्छौ? के गर्छौ?

गिरफ्तार!
पुलिसहरुलाई फोन गर्छौं?
एक दलित केटाले मन्दिरको मुर्ति झिकेर
आफ्नो घरको खोपीमा लगेर राख्यो भन्छौ?
अनि ईश्वरको मुर्ति चोर्ने चोर भन्छौ?
एक दलित ईश्वरहिन मन्दिरको मुर्ति चोर सावित।

अनि उसले के सोच्दो हो?
म केवल एक निरिह दलित हुँ जो बाँच्न कोशिस गर्दैछ
केवल जीवितै रहनको लागि खुशी हुनको लागी कोशिश गर्दैछ

सडकमा
मानिसहरु मेरो कारणले न्याय खोज्दै छन्
मेरो थरको अछुतपन
भेदभाब भित्र छ।

हामि सबै दुखि छौ
उपस्थितिमा निर्णायक
मानव प्रकृति सत्य छ?
तपाईहरुले आफ्नो दिमाग बनाउनु अघि
स्वयं तपाईहरु आफुलाई हेर्नुहोस्।

अन्त्यमा,
सबै हराएको जस्तो देखिन्छ
हामि स्वयं नै दोषी महशुष गर्छौ
जे होस्, म तिनीहरुलाई दोष दिन्छु

अस्वीकार गर्दै
चोट पुर्‍याउँदै
म! आशावादी
गर्व-कमाई दिइएको छैन
रक्षा गर्दै
मेरो मर्यादा रक्षा गर्दै
ईश्वर विरुद्ध बोल्दै
जात र समुदायको राजनीति ईश्वरलाई थाहा छैन

त्यसैले त्यसले मान्छे बनायो।
ईश्वरले जात र समुदायको
राजनीति नबुझेर नै मान्छे बनायो।
ईश्वरको यो ठुलो गल्ति हो।
ईश्वर राजनीमा दे ।
यतिबेलासम्म हामि चै
सडकमा न्याय खोजिरहेका हुनेछौ।

मृत्युले भेदभाव गर्दैन
यसले सेतो वा कालो देख्दैन
प्रत्येक साँझ समाचारमा
रक्तस्राव गर्दै, हेर्दै    
रुँदै र बिन्ती गर्दै
यो रोकिदेउ भन्दै

किनकि
समाचारहरु केवल
पुरानो हुनको लागि प्रशारण हुने गर्छन् ।
मृत्यु कहिल्यै सन्तुष्ट हुँदैन
भेदभाब- नदेखिएको हतियार हो
जति बेला नि पड्कन सक्छ
भन्दै आदर्शका कुरा गरिरहेका हुनेछौं।  

त्यतिबेला सम्म
ईश्वरहिन मन्दिरको मुर्ति चोरेको आरोपमा
ईश्वरहिन ईश्वरलाई छोएर
बिटुलो पारिदिएको आरोपमा
अदालतले एक दलितलाई
मृत्युको सजाए सुनाईसकेको हुनेछ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ