२०८१, १२ बैशाख बुधबार

ॐ श्री गोसाइँकुण्ड सहकारीबाट रु ६५ हजार ५ सय ६५ रुपैंयाँ सहयोग

डबली खबर     बैशाख १७ २०७७ ०९:५४

om shree gosaikunda multipurpose cooperative limited nuwakot sahakari khabar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – ॐ श्री गोसाइँकुण्ड बहुउद्देश्यीय सहकारीले विदुर नगरपालिकाको दैवि विपत उद्धार राहत कोषमा रु ६५ हजार ५ सय ६५ रुपैंयाँ सहयोग गरेको छ ।

सहकारीका अध्यक्ष इन्द्रबहादुर पण्डितका अनुसार सहकारीको तर्फबाट रु ५१ हजार ६२, सञ्चालक समितीको एक पटककाे बैठक भत्ता बराबर हुने रकम आठ हजार ५ सय रुपैंयाँ र कार्यरत कर्मचारीहरुको तर्फबाट छ हजार तीन रुपैंयाँ गरी उक्त सहयोग रकम विदुर नपाको राहत कोषमा सहयोग गरेको हो ।

यस अघि विदुर नगरपालिकाले उक्त राहत कोषमा नगर क्षेत्रमा रहेका सम्पूर्ण सङ्घ/संस्थाहरुलाई सहयोग गर्न अनुरोध गरेको थियो ।

सहकारीले लकडाउनको समयमा आफ्ना सदस्यलाई राहत स्वरुप विभिन्न छुट दिने भएको छ । सहकारीको मङ्गलबार बसेको सञ्चालक समितिको बैठकबाट आफ्ना सदस्यहरुको लागि राहत र सहयोग प्याकेज घोषणा अनुसार राहत प्याकेज उपलब्ध गराउने गरी कोरोनाभाईरस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार कोषको स्थापना गरेको छ ।

लकडाउनको अवधिभित्र सदस्यले तिर्नुपर्ने सावा, व्याज नियमित तिरेमा ब्याज रकममा २० प्रतिशत छुट र हर्जना नलिने निर्णय गरेको छ । त्यस्तै लकडाउन अवधिमा सावा नतिरि व्याज मात्र तिर्ने सदस्यहरुको लागि ब्याज रकममा १५ प्रतिशत दिने र हर्जना छुट हुने समेत निर्णय संस्थाले गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top