विदुर – लकडाउनको आज ३२ औं दिन, लकडाउनको निषेधाज्ञा अवेज्ञा गरेको भन्दै नुवाकोट प्रहरीले एक महिनासम्ममा १७ सय २ जनालाई ठाउँको ठाउँमै केही समय होल्ड गरी पठाईएको छ । यसअवधिमा सवारी अनुमति पत्र नलिई निशेधाज्ञा उल्लंघन गर्ने ३ सय ९२ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ ।
लकडाउनको पालना नगरी सर्वसाधारणहरु हिँड्न थालेपछि नुवाकोट प्रहरीले लकडाउन पालना नगर्नेहरुलाई केहि समय नियन्त्रणमा ठाउँको ठाउँमा होल्ड गरी सम्झाई बुझाई गरी पठाईएको प्रहरी प्रमुख अवीनारायण काफ्लेले जनकारी दिए । आजमात्रै लकडाउनको अवेज्ञा गर्ने दुई सय ५७ जनालाई नियन्त्रणमा लिएको काफ्लेले जानकारी दिए ।
यसअवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ। औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ। त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीलाई थाहा दिएर जान सकिने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रतिक्रिया