२०८१, ४ बैशाख मंगलवार

विदुर नपामा पाँच करोड ८० लाखको सामाजिक सुरक्षा भत्ता बाँड्यो

डबली खबर     बैशाख १२ २०७७ १६:१९

senior social fund distribute
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – विदुर नगरपालिकाले पाँच करोड ८० लाख ९९ हजार बराबरको रकम छ हजार ९४ जनालाई चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ । लकडाउनको कारण ढिलाई भएको सामाजिक सुरक्षा भत्ता नगरका १३ वटै वडामा घरदैलो गरि वितरण गरिएको हो ।

नगरपालिका प्रवक्ता एवम् ४ नं. वडाध्यक्ष टलकमान श्रेष्ठ अनुसार भत्ता पाउनेहरुमा जेष्ठ नागरिक २ हजार ८ सय ५, दलित जेष्ठ नागरिक ३ सय ७६, असाहय बालबालिका ५ सय ३४, पूर्ण अपाङ्ग भएका एक सय २८, अतिअशक्त एक सय ७० र एकल महिला २ हजार ८१  जनालाई रहेका छन् । वडाध्यक्षसहितका स्थानीय जनप्रतिनिधि, कर्मचारीहरुको रोहवरमा सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ ।

नगरका सबैभन्दा बढी १३ नम्बर वडामा ७ सय ६९ जना र सबैभन्दा कम ४ नम्बर वडामा २ सय ४५ जना घरदैलो कार्यक्रमले लाभान्वितभएका छन् । यसअघि नगरले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत् वितरण गर्दै आईरहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top