+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

६० जना मजदुरलाई खाद्यान्न सामाग्री उपलब्ध

६० जना मजदुरलाई खाद्यान्न सामाग्री उपलब्ध
डबली खबर
५ साल अगाडी

चौघडा – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरणको लागि सरकारबाट जारी गरेको लकडाउनका कारण जिपिकोपर्जन गर्न असहज भएका विपन्न वर्गका ६० जनालाई खाद्यान्न सामाग्री उपलब्ध गराएको स्थानीय सामाजिक अभियन्ता सदृाम राईले जानकारी दिएका छन् ।

लिखु गाउँपालिका वडा नम्बर ४ चौघडाका स्थानीय राईले आफ्नो कमाईको केहि अंश बापत् दैनिक ज्यालादारी गरि जिपिकोपर्जन गर्ने ती मजदुरहरुलाई घरदैलो गरी प्रति घर १० केजी चामल, १ केजी दाल, १ केजी चिनी, १ लिटर तेल र २ वटा साबुन उपलब्ध गराईएको जानकारी दिए ।

यस अघि राई सहितको स्थानीय युवाहरुले वडा क्षेत्रभर डिस इन्फेक्सन किटनाशक छर्केका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ