विदुर – आईतबार नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले लकडाउनका कारण घर समेत जान नपाई समस्यामा परेका २८ मजदुरहरुको पहिचान गरी खाद्यान्न सहयोग गरेको छ । उक्त खाद्यान्न सामग्री यशोदादेबी भगवानसिं केसी मेमोरियल ट्रष्टको समन्वय र आर्ट अफ लिभिङको सहयोगमा प्राप्त भएको हो ।
विदुर नगरपालिका वडा नम्वर ४ को बट्टारमा विभिन्न पसलहरुमा मजदुरी गर्दे आएका सर्लाही जिल्लाका १६ जना मजदुरहरुलाई खाद्यान्न उपलब्ध गराईएको जिल्ला अध्यक्ष शिव देवकोटाले जानकारी दिए । यसैगरी दाङ र नेपालगञ्जबाट आई बिदुर तेस्रो साना सहरी आयोजनामा काम गर्दे आएका आठ र वडा नम्वर ६ को मुल्थलामा नेपालगञ्जबाट आई निर्माणको क्षेत्रमा काम गरीरहेका ४ जना मजदुरलाई पनि खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।
राहत सामग्रीमा प्रति व्यक्ति ५ केजी चामल, २ केजी च्युरा, १ लिटर तेल, २ गोटा साबुन, १ प्याकेट नुन र १० प्याकेट चाउचाउ र १ किलो दाल उपलब्ध गराईएको जिल्ला सदस्य विष्णु चालिसेले जानकारी दिए ।
युनियनले लकडाउनका कारण आफ्नो गृह जिल्ला जान नपाएका मजदुरहरुलाई खाद्यान्न सहयोग उपलब्ध गराएको हो ।
प्रतिक्रिया