सिजो: रामकृष्ण अंमर

    बैशाख ४, २०७७


sujim bazar advert

१.
रुनेहरुका थुप्राहरु मेघसरी वर्षाउछ् यो
अपार माया तिम्रो बस्दीन म र्बिसिएर
सुम्पेर कर्मलाई नै उत्सवमा रमाएर ।।

आकाशै ढाम्ला जस्तो तिम्रै खुसी फैलिएर
फाटेर जानेछैन जोडिएको आत्मियता
के शब्द चढाउँ आज जन्मभुमि पुजेर।।

प्रसिद्ध नुवाकोट साततले दरवार
प्रकृति काँन्लामुनी शोभाले छ पुर्ण सदा
देवीक शक्तिले जहाँ इतिहास रचेको ।।

कल्याण खातोरमा जालपा र ति भैरवी
मालीका निकटमा कालिका छिन् वनदेवी
भन्ने छौं तलजु माता जयजय भवानी ।।

२.
झझल्को तेस्र्याउछ पुर्खाका ती आर्जनमा
माटोको पहिचान फुलेन्छ यो युगौं युग
सम्बन्ध अजम्बरी यो छाति भित्र कुंदेर ।।

प्रेमको छटपटि माटो संगै लुटुपुटु
मनको मझेरीमा टासिएको नाता भेटें
कुदेको इतिहासमा नुवाकोट लेखेको ।।

पाखा र मैदानमा साटेको छु तिम्रो माया
खुबैले लोभ्याउँदा मन भित्रै स्युरिदिए
साँच्चैनै म घुम्दै थिए अप्सराको गाउँमा ।।

आँखैमा टाँसिएको मेरो प्यारो नुवाकोट
जुनेली रात छाम्दा तिम्रै रुप टल्किएको
सुर्यको किरण सँगै जन्मभुमि पुकारे ।।

३.
जन्मेको भुमि मेरो प्राण भन्दा प्यारो आहा
इन्द्रेणी ध्वजाहरु मुस्कान दिदा रङ्किएका
फिंजेर मन मौनता प्रफुल्ल भै रमाएं ।।

सुनका झुप्पाहरु इनै गरा मैदानमा
पवित्र नाता संग हरियाली रोकिदिन्छ
साच्चीकै म बन्दै थिए प्रकृतिकै आफन्त ।।

घोएर हेरीदिनु नुवाकोट उर्वभुमि
गढ्नेछ आत्मियता मनमुटु सुम्यिएर
घुम्नेछ नयम बीच दूश्यहरु रमेर।।

मुस्कानी मुहारमा बोकेर ती सद्भावना
फिंजेर प्रफल्ला हृदयको पाखाभरी
विदुर नगरी हाम्रो प्रकृतिमा खेल्की ।।

-पिपलटार नुवाकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Sukhad Pahuna Ghar Nuwakot Hospitality

प्रतिक्रिया



Top