२०८१, १३ बैशाख बिहीबार

घरमै सामाजिक सुरक्षा भत्ता वितरण

    बैशाख ४ २०७७ १८:५२

senior social fund distribute
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – विदुर नगरपालिका वडा नम्बर ४ को कार्यालयले चालुआर्थिक वर्षको दोश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण वडा क्षेत्रमा घरदैलो गरि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

नगर कार्यपालिको बैठकको निर्णयानुसार विश्वव्यापी रुपमा फैलिरहेको कोरानाभाइरसको संक्रमणको जोखिम न्यूनीकरण र सजक गर्न सरकारले जारी गरेको  ‘लकडाउन’का कारण समस्यामा रहेका वृद्ध–वृद्धालाई घरमै गएर सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको हो ।

सामाजिक सुरक्षा भत्ता घर पुर्याईदिने उद्देश्य अनुरुप आज वडा क्षेत्रभित्रका बट्टार, पुरानो बजार, हावाघर, घण्टाघर लगायतका क्षेत्रमा भत्ता वितरण गरिएको वडाध्यक्ष टलकमान श्रेष्ठले जानकारी दिए । महामारीको संक्रमणबाट जोगिनको लागि जेष्ठ नागरिकहरुलाई माक्स पनि गरिएको उनले जानकारी दिए ।

नगर कार्यपालिका मङ्गलबार बसेको बैठकको निर्णयानुसार सामाजिक सुरक्षा भत्ता वितरण वडा कार्यालयबाट घरदैलो गरि वितरण गर्ने निर्णय भएको थियो । यस अघि विदुर नगरपालिकाले बैँकहरु मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top