+
Search

ताजा अपडेट +

पपुलर +

लकडाउन: दुप्चेश्वर मन्दिरको दर्शनमा रोक

dupcheshwor dupcheshwar mahadev nuwakot dabalikhabar tws
डबली खबर
६ साल अगाडी

समुन्द्रटार – प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर महादेव मन्दिर दर्शनमा रोक लागाइएको छ । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर मन्दिरमा कोरोना संक्रमण फैलन सक्ने त्रासका कारण अर्को सूचना जारी नभएसम्मका लागि दर्शनमा रोक लगाइएको हो।

लकडाउनको निशेधाज्ञा उल्लंघन गर्दै मन्दिरमा दर्शन गर्ने भक्तजनहरुको संख्या बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि मन्दिर दर्शन स्थगित गरिएको दुप्चेश्वर गाउँपालिकाले जनाएको छ ।

पालिकाले जारी गरेको सूचनामा कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणको लागि सरकारले जारी गरेको लकडाउनको समयमा मन्दिरमा पूजापाठ तथा दर्शन गर्नाले हुलहुज्जत गरिएकोले सम्भावित संक्रमण फैलन सक्ने भएकाले मन्दिर दर्शनमा पूर्ण रुपमा रोक लगाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बासुदेव श्रेष्ठ जानकारी दिएका छन् ।

पालिकाले जारी गरेको सूचनामा लकडाउन अवधिभर नियम पालना गर्न सबै भक्तालुजनहरुमा अनुरोध गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ