विदुर – कोरोना विरुद्ध सरकारले जारी गरेको लकडाउन थप्ने तयारीमा सरकारले मंगलवार मन्त्रीपरिष्दको बैठक बस्दैछ । चैत ११ गतेदेखिको लकडाउन थप्दै सरकारले बैशाख तीन गतेसम्म घोषणा गरेको थियो । प्रधानमन्त्रीले सम्बोधन गर्दै अझै केहि हप्ता घरमा बस्न आग्रह गरेका थिए । जुन लकडाउन अझै लम्बिने संकेत गरिएको छ ।
आज मंगलवारको मन्त्रीपरिषदको बैठकले कम्तिमा एक हप्ता लकडाउन थप्ने तयारी गरेको र निर्ण बैठकपश्चात मात्रै निश्चित हुनेछ । मन्त्रीपरिषदको बैठक मंगलबार बिहान ११ बजेपछि बस्नेछ । तेस्रोपटक थप गरिएको लकडाउन अवधि बुधबार बिहान सकिँदैछ ।
सरकारले कोरोनाभाइरस संक्रमणको फैलन र जोखिम न्यूनीकरण गर्न जारी गरिएको लकडाउनको उलङ्घन गर्ने २ सय ८१ सवारी साधनलाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।
लकडाउनको निशेधाज्ञा अवेज्ञा गरी सडकमा हिंडीरहेका ५ सय ८६ जना व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुलाई केहि समय होल्ड गरि सम्झाएर पठाएको प्रहरीले जनाएको छ ।
यस्तै लकडाउनको समयमा स्वास्थ्य, सुरक्षा, संचार, दैनिक उपभोग्य सामग्री ओसारपसार गर्ने लगायतका अत्यावश्यक सवारीसाधनलाई मात्र छुट रहेको संक्रमणकालीन समयमा प्रशासनबाट सवारी अनुमतिपत्र लिई सवारी चलाउने सबैभन्दा बढी मोटरसाइकल २ सय ७० वटा रहेको प्रहरी प्रमुख अवीनारायण काफ्लेले जानकारी दिएका छन् । ट्रक ५ वटा, कार १, बोलेरो गाडी ३, र यात्रु ओसारिरहेको १ वटा एम्बुलेन्स रहेका छन् ।
विदेशबाट घर आएकाहरु स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनबाट १४ जना पनि घर फर्केको जिल्ला स्वास्थ्य प्रमुख सागर घिमिरेले जानकारी दिएका छन् । वैशाख १ गते मात्र ६८ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने १५२ होमक्वारेन्टिनमा बसेको छन् ।

प्रतिक्रिया