२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटको सिन्दूरे जात्रा स्थगित, स्थिति सामान्य भए वैशाख शुक्ल पूर्णिमामा गर्न सकिने

    चैत्र २६ २०७६ ०६:३६

nuwakot sindure jatra bhairabi dhami dhamini chaitra shulka purnima
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – सामान्य दिनचर्या भएको भए अहिले नुवाकोटको भैरवी मन्दिर परिसरमा पुजारी, गुभाजु, द्वारे, स्थानीय नेवार समुदाय, लच्याङका तामाङ समुदाय र नेपाली सेनालाई भ्याइनभ्याइ हुन्थ्यो । चैत शुक्लपूर्णिमामा सञ्चालन हुने नुवाकोटको सबैभन्दा ठूलो मेला सिन्दूरे जात्रा सञ्चालनको चाँचोपाँचो मिलाउन उनीहरु व्यस्त हुन्थे ।

तर यो वर्ष कोभिड–१९ रोगको सङ्क्रमण फैलन सक्ने जोखिमले सरकारले लकडाउन गरेको कारण सिन्दूरे जात्रा स्थगित गरिएकोले जात्रासँग सम्बन्धित सबै आआफ्नो घरघरमा लकडाउनलाई पालना गरी बसिरहेका छन् । यो वर्ष जात्रा चैत २८ गते परेको थियो भने चैत २६ गते चैत शुक्लपूर्णिमा तिथी रहेको छ ।

जात्राको शुरु देखिको सबै प्रक्रिया स्थगित गरिएको भैरवी मन्दिरका द्वारे महेन्द्रकुमार शाहीले बताउनुभयो । ‘सिन्दूरे जात्रा भनेर प्रमुख जात्रा भए पनि चैते दशैँको भोलिपल्ट देखिनै यसको विभिन्न विधि शुरु हुन्छ । यो वर्ष देवीघाट जाने, अक्षता उठाउने, महाबली लिनेजस्ता कुनै पनि कामहरु गरिएनन्’, द्वारे शाहीले भन्नुभयो ।

नुवाकोटको भैरवी मन्दिर र देविघाटको जालपा मन्दिरमा सञ्चालन हुने यो जात्रा नेपालकै धेरै दिनसम्म चल्ने जात्रामध्ये एक हो । लामो रथयात्रा हुने मेलामा पनि यहाँको भैरवीको रथयात्रालाई लिने गरिन्छ । त्रैयोदशीमा लिंगो उठाउने, चतुर्दशीको दिन भैरवीको रथ यात्रासहित देविघाटको जालपा मन्दिर जाने, त्यहाँ पूर्णिमाको दिन बिहान पूजालगायत भोग खाने, परेवाको दिन खाल्चा र द्धितीयको दिन नुवाकोटको भैरवी मन्दिरमा सिन्दूरे जात्रा गरिने यो अवसरमा हजारौँको सहभागिता हुने गर्दथ्यो । रथयात्राको क्रममा बाटोमा रथपूजा र धामीधमिनीको पूजाको लागि हजारौँ सहभागी हुने गर्दथे ।

कोरोनाको जोखिम बढ्ने भएकाले स्थगित गरिएको जात्रा गुभाजुलाई हेराएर वैशाख शुक्ल पूर्णिमामा पनि गर्न सकिने भएकाले स्थिति सामान्य भए वैशाखमा मेला गर्न सकिने द्वारे शाहीले बताउनुभयो । सिन्दूरे जात्रा २०११ सालमा तत्कालीन राजा त्रिभुवनको निधन हुँदा स्थागित भएको थियो ।

हजारौं जात्रालु जिल्लाभर र अन्य जिल्लाबाट पनि आउने मेला भएकोले अहिलेको अवस्थामा स्थगित गर्नुको विकल्प नभएको नुवाकोट सम्पदा मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले बताउनुभयो । -रासस

फाईल फोटो

नुवाकोट चैत्र शुल्क पुर्णिमामा लाग्ने जात्रामा विशेष रथ विराजमान देवी भैरवी

जीवित देवी धामी

जीवित देवी धामिनी

जीवित देवी कुमारी

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top