२०८१, १३ बैशाख बिहीबार

१९५ जनाले स्वास्थ्य चेकजाँच गरे, ४६५ जना होमक्वारेन्टिनमा

    चैत्र २५ २०७६ १८:०५

nuwakot coronavirus covid19 update
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा आज एक सय ९५ जनाले आफुलाई कोरोनोभाइरसका लक्षण भए नभएको र ज्वरो आएको नआएको स्वास्थ्य चेकजाँच गरेको स्वास्थ्य कार्यालयका प्रमुख सागर घिमिरेले जानकारी दिएका छन् । जिल्ला अस्पताल, नगरपालिका, गाउँपालिका र निजी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न सकिने व्यवस्था रहेको छ ।

आजको तथ्यांक अनुसार जिल्ला अस्पतालमा ४४, विदुर नगरपालिका २ र बेलकोटगढी २४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । यस्तै लिखु गाउँपालिकामा १२, शिवपुरी ६, मेघाङ १०, तादी १८ र सुर्यगढी २७ जनाले स्वास्थ्य परीक्षण गरेका छन् । दुप्चेश्वर ३, तारकेश्वर १७, पञ्चकन्या २, ककनी १८, आर्युवेद १० र निजी अस्पताल तथा क्लिनिकबाट २ जनाले स्वास्थ्य परीक्षण गरेका छन् । परिक्षण गरिएकाहरुलाई कुनै समस्या नदेखिएको घिमिरेले जानकारी दिएका छन् ।

जिल्लाभर रहेका क्वारेन्टिनमा महिला १ र पुरुष १४ जना बसेका छन् भने १ जना सामान्य स्वास्थ्यपछि घर फर्कि सकिसकेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जनार्दन सिलवालले जानकारी दिए ।

हालसम्म नुवाकोटमा होमक्वारेन्टिनमा ४६५ जना बसेको  जसमा विदुर नगरपालिकामा ७१ र बेलकोटगढी १०१ होमक्वारेन्टिनमा बसेका छन् । यस्तै लिखु गाउँपालिकामा ३, किस्पाङ ३३, शिवपुरी २१, मेघाङ २६, तादी १६, सुर्यगढी १०, दुप्चेश्वर १३, तारकेश्वर १५५, पञ्चकन्या ९ र ककनी ७ जना होमक्वारेन्टिनमा बसेका छन् ।

क्वारेन्टिन अनुगमन प्रणालीमा नाम दर्ता कसरी गर्ने?

गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजोदेखि विदेशबाट फर्केका वा अन्यत्र यात्रा गरि घर फर्केकाहरुले आफ्नो स्वइच्छाले सरकारले संचालनमा ल्याएको क्वारेन्टिन अनुगमन प्रणालीमा छुटेकाहरुले आफ्नो नाम वेबसाइटमा गएर फारम भर्न सकिने व्यवस्था गरेको छ ।

फाराम भर्नकाे लागि यहाँ क्लिक अथवा ट्याब गर्नुहाेला ।

उक्त प्रणालीलाई वेब मार्फत सञ्चालनमा ल्याएको हो । इन्टरनेट ब्राउजरमा गएर covid19.ndrrma.gov.np गएर देशभरका सबै सूचना प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top