२०८१, १३ बैशाख बिहीबार

कोभिड-१९ एकीकृत सूचना प्रणाली तथा क्वारेन्टिन अनुगमन प्रणाली

    चैत्र २५ २०७६ ०६:४८

covid-19 corona virus quarantine isolation nepal statistics data
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – सरकारले कोरोनाभाइरस (कोभिड-१९) को आधिकारिक सूचना ‘कोभिड-१९ एकीकृत सूचना प्रणाली तथा क्वारेन्टिन अनुगमन प्रणाली’ नामक प्रणालीबाट तयार गरेको छ । साथै मोबाइल एपमार्फत क्वारेन्टिन अनुगमन प्रणालीको समेत सुरु गरिएको गृहमन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजोदेखि उक्त प्रणालीलाई वेब मार्फत सञ्चालनमा ल्याएको हो । इन्टरनेट ब्राउजरमा गएर covid19.ndrrma.gov.np गएर देशभरका सबै सूचना प्राप्त गर्न सकिने छ ।

उक्त प्रणालीमा मुलुकका ७७ वटै जिल्लाका राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट तथ्याङ्‍क प्रविष्ट गरी दैनिक विवरण अपडेट रहनेछ। मानिस क्वारेन्टिनमा कति छन्?, कति जनाको स्वाब नमूना लिइएको छ?, सङ्‍क्रमित कति फेला परे?, कति जना उपचारपछि फर्किए?, एम्बुलेन्स कहाँ कति छन्? भन्ने लगायतका सम्पूर्ण जानकारी लिन सकिनेछ।

वेबसाइटमा भएको ताजा विवरणअनुसार आजसम्म सङ्‍क्रमित आठ जना उपचारकै क्रममा छन्। एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। आठ हजार १ सय ६६ जना क्वारेन्टिनमा छन्। १३१ व्यक्ति आइसोलेशनमा छन्।

यस्तै नुवाकोट जिल्लामा ३६७ जना विदेशबाट फर्केका र दुईजनाको स्वाब परीक्षण, १ जना आइसोलेशनमा रहेको देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सोमबारको तथ्यांक अनुसार ४५९ जना होमक्वारेन्टिन, क्वारेन्टिनमा १५ (महिला १ र पुरुष १४), घर फर्केका ३ जना रहेका छन् ।

विदेशबाट फर्केका वा अन्यत्र यात्रा गरि घर फर्केकाहरुले आफ्नो स्वइच्छाले सरकारले संचालनमा ल्याएको क्वारेन्टिन अनुगमन प्रणालीमा छुटेकाहरुले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संचलानमा ल्याएको वेबसाइटमा गएर फारम भर्न सकिने व्यवस्था गरेको छ । फाराम भर्नकाे लागि यहाँ क्लिक अथवा ट्याब गर्नुहाेला ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top