२०८१, ७ बैशाख शुक्रबार

कोरोनाले तिमिले केही पाठ पनि सिकायौ

    चैत्र २४ २०७६ ०७:०२


bhawani humagain sapkota

हात मिलाउँदै अकमाल गर्नेहरुलाई आज नमस्कार गर्न संस्कार सिकायौ
हाम्रो पुर्खा केहि जान्दैनन् भन्नेहरुलाई आज दुरदर्शी रहेछन् भन्ने सिकायौ

घरको खाना मिठो हुदैन भन्दै रेस्टुरेण्ट धाउनेलाइ पनि घरकै खाने बनायौ
घरमाभन्दा बाहिर नै बढी रमाउनेलाई आफ्नो परिवारको महत्त्व बुझायौ

चोलो र धोती फेरेको देखेर हाँस्नेहरुलाई हाम्रो उत्तम रिति भनी सिकायौ
बुठ जुत्ता लागाएर भान्सामा छिर्नेलाई हातखुट्टा धुने थिति पनि सिकायौ

कोरोना तिमिले क्षति मात्र होइन, हामीलाई केही त पक्कै राम्रो सिकायौ
तिमीबाट धेरै कुरा सिकियौ विज्ञानभन्दा विवेक नै ठुली भने सिकायौ

धनी गरिब भन्ने बर्ग भेदलाई हटाइ, सबै बराबरी हो भन्ने आशा दिलायौ
जाती धर्मको विभेद गर्नेलाई पनि, धर्म जातको विभेद छैन भन्ने देखायौ

आफुलाई उच्च र अरुलाई निच देख्नेहरुलाई पनि, समान देख्ने बनायौ
दिनहुँ वातावरण प्रदुषणको मारमा परेको पृथ्वीलाई पनि शान्त बनायौ

मातृभुमिको महत्त्व नबुझी हिँडेकालाई राष्ट्रप्रतिको मोह पनि देखायौ
मातृभूमीभन्दा परदेशलाई प्यारो मान्नेलाई, जन्मभूमिको माया देखायौ

परिवारलाई वास्तै नगरी अन्यत्र नै रमाउनेलाई परिवारको माया देखायौ
स्याबास् कोरोना तिमिलाई हामीमा भएको मै ठूलो भन्ने अहमता हटायौ

विभिन्न स्थानमा छरिएर रहेका परिवारलाई एकीकृत गरि ममता दिलायौ
महाशक्ति राष्ट्र र गरिब राष्ट्रहरु पनि बराबरी हुन भन्ने आभाष दिलायौ

सेना प्रहरीलाई किन पाल्नु पर्छ राष्ट्रले, भन्नेहरुलाई पनि महत्व दिलायौ
अमेरिका जस्तो महा शक्तिशाली राष्ट्रलाई पनि तिम्रो सामु झुक्ने बनायौ

कस्ताकस्ता मै हुँ भन्ने पहलमानहरुललाई पनि, तिमी देख्दा लुक्ने बनायौ
गाडी नभै पाइला चाल्दिन भन्नेलाई, सडकमा झोला बोकेर हिड्ने बनायौ

गृहणीले दिनभरि घरमा बसेर के गर्छन भन्नेलाई उनको काम चिन्ने बनायौ
बाहिर मात्र समय दिने भन्नेलाई, बसेर नै पैसा आउँदैन भनी चिन्ने चिनायौ

शहरमा बस्नु पर्छ भन्नेलाई, आज गाउँघरको महत्त्व के हो भनी चिनायौ
सलाम छ कोरोना धेरै धेरै तिमिलाई, आफ्नो परिवारको महत्त्व बुझायौ

कोरोना पैसालाई नै ठूलो ठान्नेलाई आज, इटालीबाट केही सिक्ने बनायौ
पैसाभन्दा स्वास्थ नै ठूलो हो भन्ने मुख्य कुराको सबैमा आभाष दिलायौ

यति हुँदाहुँदै पनि तिमिसँग गुनासो छ, हजारौंको ज्यान जाने किन बनायौ
अझै पनि लाखौंलाख मानव जातिलाई अझै पनि किन तिमिले नै सतायौ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top