२०८१, १४ बैशाख शुक्रबार

जेष्ठ नागरिक र अनाथ बालबालिकालाई खाद्यान्न वितरण

    चैत्र २२ २०७६ १६:२६

bidur tax constultancy donate food in lock down period
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – विश्वभर कोरोनाभाइरसको जोखिम बढिरहेको अवस्थामा नेपालमा पनि संक्रमण फैलिदैं छ । सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको लागि गत चैत्र ५ गतेदेखि देशभर लकडाउन जारी गरेको आज बाह्रौं दिन भइसकेको छ ।

यस्तै असहज परिस्थितिलाई मध्यनजर गर्दै विदुर कर परामर्श सेवाले अनाथ बालबालिका, जेष्ठ नागरिक र एचआईभी भएका नागरिकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

विदुर कर परामर्शले विदुर नपा-२ मा रहेको आमाको माया रहेका अनाथ बालबालिकाहरुको लागि खाद्यान्न सामग्री वितरण गर्दै । फोटो: सुनील श्रेष्ठ

शनिबार कर परामर्शले विदुर नगरपालिका वडा नम्बर २ शिवालय टोलमा रहेको जनजाती कल्याण आश्रम नेपाल नाम गरेको संस्थाद्वारा सञ्चालित आमाको माया छात्राबासका अध्यक्ष सोमप्रसाद पाण्डेलाई विदुर नगरपालिका-२ का वडासदस्य राधाकृष्ण भण्डारीमार्फत् उक्त सामग्री हस्तान्तरण गरेका छन् । त्यस्तै, त्रिशुली प्लसद्वारा भरणपोषण गरिरहेका एचआईभी लागेका व्यक्तिहरुको लागि पनि खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।

यसैगरी कर परामर्शले विदुर नपा-५ मा रहेको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललाई विदुर नपा-५ का वडासदस्य सिताराम रिमालले उक्त सामग्री उपलब्ध गरेका छन् ।

लक डाउनको असहज अनाथ बालबालिका, जेष्ठ नागरिक र एचआईभी भएका नागरिकहरुलाई केहि राहत मिलोस् भन्ने उदेश्यले १२ बोरा चामल, १ बोरा दाल, २५ प्याकेट नुन, ३ बाकस सनफ्ल्वार तेल, २ बोरा आलु र तीन थान डिटोल ह्याण्ड वास गरी ३५ हजार बराबरको खाद्यान्न सामाग्री उपलब्ध गराएको विदुर कर परामर्शका प्रबन्धक निर्देशक तथा समाजसेवी दिनेशकुमार श्रेष्ठले बताए ।

आमाको माया छात्राबासमा २४ बालबालिका, त्रिशुली प्लसमा ४ र जेष्ठ नागरिक संरक्षणमा ३० जना रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top