२०८१, १३ बैशाख बिहीबार

नुवाकोटमा १४ आइसोलेशन र २०५ क्‍वारेन्टाइन तयार (पूर्ण विवरणसहित)

    चैत्र १४ २०७६ १९:४३


corona isolation and quarantine ward nuwakot status dabali khabar trishuli
ईन्फोग्राफिक्स: सुनील श्रेष्ठ

विदुर – नोभेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएका बिरामीको उपचार र जोखिम कम गर्न नुवाकोटमा १४ वटा आइसोलेशन वार्ड र २०५ वटा शय्या भएको क्‍वारेन्टाइन तयार भएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

जिल्लाभरका बिरामी आउने सम्भावित अवस्थालाई मध्यनजर गरी जिल्ला अस्पतालको नयाँ भवनमा १० शय्याको आइसोलेसन तयार भएको छ ।

शिवपुरी गाउँपालिकामा सबैभन्दा बढी क्‍वारेन्टाइन तयार भएको छ । पालिकाको वडा नं. ६ गुर्जेमा रहेको कालिका मावि २५, वडा नं. १ तलाखुको  भुमेदेवी माविमा २५ र पालिकाको नवनिर्मित भवन शेराबगरमा २५ शय्या तयार भएको छ ।

तादी गाउँपालिकाको वडा नम्बर ३ मा रहेको खरानीटार स्वास्थ्य चौकीमा ४ आइसोलेशन र १० शय्याको क्वारेन्टाइन तयार भएको छ । त्यस्तै अमरज्योति बहुमुखी क्याम्पसमा १० शय्याको क्वारेन्टाइन तयार भएको छ ।

विदुर नगरपालिकामा ३० क्‍वारेन्टाइन स्थल निर्माण भएको छ । विदुर नपा वडा नम्बर १ मा रहेको त्रिशूली क्लिनिक जनसेवा अस्पतालमा १० क्‍वारेन्टाइन महिलाको तयार भएको छ भने शैक्षिक तालिम केन्द्रमा २० शय्या क्‍वारेन्टाइन पुरुषको लागि तयार भइसकेको छ ।

तारकेश्वर गाउँपालिकाले वडा नम्बर ४ बुधसिंङ नेवारपानीमा रहेको सरस्वती आधारभूत विद्यालयमा ९ शय्याको क्वारेन्टाइनस्थल तयार पारेको छ ।

बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेमा रहेको महादेव माविमा ४, पञ्‍चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको घ्याङ स्वारा गेस्टहाउसमा ५ र लिखु गाउँपालिका वडा नम्बर ५ मा रहेको अमिलेबोट धुलिखेलमा १० शय्याको क्वारेन्टाइनस्थल तयार भएको छ ।

सूर्यगढी गापाको बागेश्वरी माविमा ७ र हल्देकालिका स्वास्थ्य चौकीमा ११ शय्याको क्वारेन्टाइनस्थल तयार भएको छ ।

ककनी गापाको वडा नम्बर २ रानीपौवा ककनीमा रहेको ब्राईटर बोर्डिंङ स्कुलमा १०, किस्पाङ गापाको वडा नम्बर ३ स्थित पंचालिंगे मावि १०, र म्यागङ गापाको वडा नम्बर ३ प्राथमिक स्वास्थ्य चौकीमा ४ शय्याको क्वारेन्टाइन तयार भएको छ ।

दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर ४ स्थित धनेश्वर प्रावि, स्वास्थ्य चौकी र सरस्वती माविमा गरी १६ शय्याको क्‍वारेन्टाइन निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top