sujim bazar advert

चक्रदेव पोलिक्लिनिकको खण्डन, “हामी कहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल पठाएका हौं”

    चैत्र १४, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

patient chakra dev polyclinic nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर – दम बढेको बिरामीको उपचार गर्न नमानेको भन्दै चक्र देव पोलिक्लिनिक माथी स्थानीय बिरामीले आरोप लागएका छन् । बिरामी पक्षले पोलिक्लिनिकले आफ्नो बिरामीको उपचार नगरेको भन्दै आरोप लगाएका हुन् ।

तर पोलिक्लिनिकका प्रबन्धक निर्देशक सुशील पण्डितले भने डाक्टरले बिरामीको चेकजाँचको क्रममा श्वासप्रश्वासमा बढि समस्या देखिएकोले ‘आश्वा स्प्रे’ दिई आफ्नो पोलिक्लिनिकमा सामान्य उपचार गरिएको र थप उपचारको लागि जिल्ला अस्पताल रिफर गरेको बताए ।

संक्रमण अवस्थामा जिल्ला अस्पताल पुर्याउनको लागि असहज हुने भनेर बिरामीका आफन्तले पोलिक्लिनिकमै उपचार गर्नु पर्ने अडान राखेका थिए । तर, श्वासप्रश्वासमा बढि समस्या देखिएको थप उपचारका लागि जिल्ला अस्पताल लौजनाको लागि रिफर गर्दा डाक्टर र बिरामीका आफन्त बीचको विवाद भएको थियो ।

तादी गाउँपालिका घर भइ विदुरमा बसोबास गर्दै आईरहेका एक किशोरीको आज बिहान एक्कासी दम बढी श्वासप्रश्वासमा असहज भएको भन्दै उपचारको लागि पोलिक्लिनिक आएका थिए । सामान्य उपचार गरेपछि डाक्टरले जिल्ला अस्पताल जानको लागि सल्लाह दिँदा उक्त विवाद सिर्जित भएको पण्डितले जानकारी दिए ।

अस्पतालले रिफर गरपछि सोहि समयमा बाटोमा आईरहेको विदुर नगरपालिकाको गाडीमा बिरामीलाई जिल्ला अस्पताल लगिएको आफन्तले जनाएको छ । जिल्ला अस्पतालमा थप उपचार गरेपछि बिरामी सकुशल भइ युवतीलाई मोटरसाइकलमा घर ल्याएको उपचारमा संग्लन स्थानीय अमित गजुरेलले जानकारी दिए ।

साथै पोलिक्लिनिकमा स्वास्थ्यकर्मीले लगाउने लुगा (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) मगाईएको र उक्त सामग्री आउनसाथ सेवालाई शीघ्र तन्रुदुस्त गरिने पण्डितले बताए ।

संक्रमण अवस्थामा पोलिक्लिनिकले अत्यावश्यक स्वास्थ्य चेकजाँच गर्न मात्र आउनका सूचना जारी गरिएको र सामान्य स्वास्थ्य खराबीको लागि फोनबाटै सरसल्लाह तथा परामर्श निस्शुल्क दिई रहेको जानकारी दिएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top