२०८१, ११ बैशाख मंगलवार

चक्रदेव पोलिक्लिनिकको खण्डन, “हामी कहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल पठाएका हौं”

    चैत्र १४ २०७६ १४:१२

patient chakra dev polyclinic nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – दम बढेको बिरामीको उपचार गर्न नमानेको भन्दै चक्र देव पोलिक्लिनिक माथी स्थानीय बिरामीले आरोप लागएका छन् । बिरामी पक्षले पोलिक्लिनिकले आफ्नो बिरामीको उपचार नगरेको भन्दै आरोप लगाएका हुन् ।

तर पोलिक्लिनिकका प्रबन्धक निर्देशक सुशील पण्डितले भने डाक्टरले बिरामीको चेकजाँचको क्रममा श्वासप्रश्वासमा बढि समस्या देखिएकोले ‘आश्वा स्प्रे’ दिई आफ्नो पोलिक्लिनिकमा सामान्य उपचार गरिएको र थप उपचारको लागि जिल्ला अस्पताल रिफर गरेको बताए ।

संक्रमण अवस्थामा जिल्ला अस्पताल पुर्याउनको लागि असहज हुने भनेर बिरामीका आफन्तले पोलिक्लिनिकमै उपचार गर्नु पर्ने अडान राखेका थिए । तर, श्वासप्रश्वासमा बढि समस्या देखिएको थप उपचारका लागि जिल्ला अस्पताल लौजनाको लागि रिफर गर्दा डाक्टर र बिरामीका आफन्त बीचको विवाद भएको थियो ।

तादी गाउँपालिका घर भइ विदुरमा बसोबास गर्दै आईरहेका एक किशोरीको आज बिहान एक्कासी दम बढी श्वासप्रश्वासमा असहज भएको भन्दै उपचारको लागि पोलिक्लिनिक आएका थिए । सामान्य उपचार गरेपछि डाक्टरले जिल्ला अस्पताल जानको लागि सल्लाह दिँदा उक्त विवाद सिर्जित भएको पण्डितले जानकारी दिए ।

अस्पतालले रिफर गरपछि सोहि समयमा बाटोमा आईरहेको विदुर नगरपालिकाको गाडीमा बिरामीलाई जिल्ला अस्पताल लगिएको आफन्तले जनाएको छ । जिल्ला अस्पतालमा थप उपचार गरेपछि बिरामी सकुशल भइ युवतीलाई मोटरसाइकलमा घर ल्याएको उपचारमा संग्लन स्थानीय अमित गजुरेलले जानकारी दिए ।

साथै पोलिक्लिनिकमा स्वास्थ्यकर्मीले लगाउने लुगा (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) मगाईएको र उक्त सामग्री आउनसाथ सेवालाई शीघ्र तन्रुदुस्त गरिने पण्डितले बताए ।

संक्रमण अवस्थामा पोलिक्लिनिकले अत्यावश्यक स्वास्थ्य चेकजाँच गर्न मात्र आउनका सूचना जारी गरिएको र सामान्य स्वास्थ्य खराबीको लागि फोनबाटै सरसल्लाह तथा परामर्श निस्शुल्क दिई रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top