स्वास्थ्यमन्त्रालय अन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखाले १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्दा अपनाउनुपर्ने १५ नियमको सूची सार्वजनिक गरेको छ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सतर्कता अपनाउँदै सरकारले ११ चैतबाट देशैभर लकडाउन घोषणा गरेको छ।
हाल एक साताको लागि लागू गरिएको लकडाउन नागरिकको स्वास्थ्य सुरक्षाकै लागि भएकाले संकटको यो घडीमा सावधानी अपनाएर एक-अर्कालाई सहयोग गर्न सरकारको आग्रह छ।
कोभिड-१९ बाट बच्न भीडभाडमा नजाने, व्यक्ति-व्यक्तिबीचको दूरी बढाउने, सेल्फ क्वारेन्टाइनमा बस्नेलगायतका पूर्व सतर्कताका उपायहरू भएको विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्यसँग सम्बद्ध निकायहरूले सुझाइरहेका छन्।
विदेशबाट जहाजमा आएका दुईजनालाई कोरोना भाइरस संक्रमण देखिएसँगै सरकारले उनीहरूसँगै यात्रा गरेका अन्य यात्रु र परिवारका सदस्यहरूलाई खोजी गरी क्वारेन्टाइनमा राख्न शुरू गरेको छ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेल्फ क्वारेन्टाइनमा बस्दा अपनाउनुपर्ने सावधानीका १५ वटा सूची सार्वजनिक गरेको छ।
१४ दिनसम्म क्वारेन्टाइनमा बस्दा वा सम्पर्कका लागि आवश्यक परे १११५ नम्बरको कोभिड हटलाइनमा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया