विदुर – विदुर नगरपालिकाले कोरोना भाइरस तथा स्वास्थ्य सम्बन्धी सम्पूर्ण व्यवस्थापनकाे एक स्वास्थ्यकर्मी र तीन एम्बुलेन्स तयारी अवस्थामा राखेको छ।
कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिम फैलन नदिन नगर क्षेत्रका बिरामीको सहजताका लागि स्वास्थ्य अधिकृत र एम्बुलेन्स तैनाथ राखिएको नगरप्रमुख सञ्जु पण्डितले जानकारी दिए । कोरोना लागेको शंका लागेमा वा क्वारेन्टाइन स्थानसम्म आउनको लागि नगरपालिकाले सहजताको व्यवस्था गरेको हो ।
कोरोना सम्बन्धि शंका लागेमा जनस्वास्थ्य निरक्षक अधिकृत रामराजा भण्डारीको मोबाइल नम्बर ९८५१०१३०३८ मा सिधै सम्पर्क गरी सोधपुछ गर्न सकिने छ । कोरोना लागेको शंका लागेमा स्वास्थ्य चेकजाँच गर्न आउँदा बिरामी स्वयंले एम्बुलेन्सको खर्च व्यहोर्नु पर्ने छ भने कोरोना भाइरसको सङ्क्रमण लागेको पुस्टि भएमा सरकारले नै उपचार गर्ने जनस्वास्थ्य अधिकृत रामराजा भण्डारीले जानकारी दिए ।
एम्बुलेन्स सहजताका लागि एम्बुलेन्स चालक सिताराम ओली ९८५६०७३३१०/९८१७१६८०२५ र निकेश कुमार भट्टराई ९८४१८७७४६४ र दिपक भुजेल ९८४१८२३६००/९८१०१६२४४७ मा सम्पर्क गर्न सकिनेछ ।
जिल्ला अस्पताल त्रिशुलीमा चार बिरामीको लागि मात्र आइसोलेसन बेड रहेको छ भने क्वारेन्टाइनको लागि जिल्ला सुरक्षा समितिले स्थानको छिट्टै तोकिने जनाएको छ ।