sujim bazar advert

लकडाउन उल्लंघनपछि नुवाकोटमा निषेधाज्ञा जारी

    चैत्र ११, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

district administration office dao nuwakot daonuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर – कोरोना भाइरस संक्रमणको महामारीबाट जोगिन नेपाल सरकारले एक साताका लागि देशलाई ‘लकडाउन’ गरेकोको पहिलो दिनमै सर्वसाधारणले उल्लंघन गरेपछि नुवाकोटमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

मंगलबार सुरक्षा समितिको बैठकले आज दिउँसोबाट चैत्र १८ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए । निषेधाज्ञाको समयमा सर्वसाधारणले औषधी उपचार, खाद्यवस्तु खरिद जस्ता अत्याआवश्यक काम बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने भनिएको छ ।

निषेधाज्ञाको उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । संक्रामक रोग ऐन २०२० मा उल्लेख छ ।

स्वास्थ्य सुरक्षा, खाद्यवुस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यकता अनुसार कर्मचारीलाई तत्काल उपस्थित हुने गरी कार्यालय प्रमुखले बिदा दिन सक्ने व्यवस्था गरेको छ।

बैठकले खानेपानी, इन्धन, दुध र अन्य कारखानाका मजदुरहरुलाई विदा मिलाउन भनिएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top