२०८१, १४ बैशाख शुक्रबार

बजारमा अभाव भईरहेको सेनिटाईजर स्थानीयस्तरमै बनाउदै युवाहरु

    चैत्र ९ २०७६ १३:०३

hand sanitizer made bidur nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर- विश्वव्यापी नोभेल कोरोना भाईरसको माहामारीले आक्रान्त भैइरहेको बेला नुवाकोटका युवाहरुले ह्यान्ड सेनिटाईजर बनाउन सुरु गरेका छन् ।

बजारमा अभाव भईरहेको अवस्थामा विदुर नगरपालिकाको संगमचोकमा स्थानीय युवाहरुले ह्यान्ड सेनिटाईजर बनाउन सुरु गरेको पूर्णमान श्रेष्ठले जानकारी दिए ।

सेनिटाईजर बनाउन तालिम प्राप्त गरेका अर्का युवा सन्तोष कोईरालाले एलोभेरा, ग्लिसिरीन, सर्जिकल स्प्रिड, रोज वाटर, कपुर लगायतका सामग्रीहरुको मिश्रणबाट १०० लिटरको सेनिटाईजर बनाएको जानकारी दिए ।

पन्चकन्या गाउँपालिकाले ५० लिटर अर्डर गरिसकेको र बाँकी स्थानीय बजारमा बिक्री गरिने कोईरालाले जानकारी दिए । ह्यान्ड सेनिटाईजर बनाउन बजारमा आवश्यक सामग्री सहजरुपमा उपलब्ध भए थप ह्यान्ड सेनिटाईजर बनाउन सकिने कोईरालाले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top