२०८०, १६ चैत्र शुक्रबार

होटलमा ह्याण्ड सेनिटाईजर र मास्कको व्यवस्था गर्न होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको अनुरोध

    चैत्र ९ २०७६ ११:४७

nuwakot hotel and restaurant press release
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन नुवाकोटका होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले जिल्लास्थित होटलमा ह्याण्ड सेनिटाईजर र मास्कको व्यवस्था गर्न अनुरोध गरेको छ ।

संघद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा जिल्लास्थित होटलमा आउने आगन्तुक पाहुनाहरुको स्वास्थ्य सुरक्षितको प्रत्याभुति दिलाउनको लागि मास्कको व्यवस्था गर्ने, ह्याण्ड सेनिटाईजरको व्यवस्था गर्ने, साबुन पानीले हात धुने व्यवस्था मिलाउन भनिएको छ । साथै होटल तथा रेष्टुरेण्ट व्यवसायीहरु र कर्मचारीहरुले पनि आफ्नो स्वास्थ्यको सतर्कता अपनाउनुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा कोरोनाको सङ्क्रमणबाट जोगिन होटलमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले साबुन पानीले राम्रोसँग हात धुने, खानेकुरा राम्रोसँग धोई पखाली पकाउने, मास्कको प्रयोग गर्ने जस्ता बानी व्यवहार अपनाउनको लागि अनुरोध गरेको छ । नोभेल कोरोना भाईरसको संक्रमण रोक्न सरकारेले अघि सारेका र भविष्यमा अघि सार्ने जुनसुकै अभियानमा समेत संघले साथ दिने  प्रतिबद्धता व्यक्त गरेको छ ।

संघद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना भाईरसको संक्रमणले प्रत्यक्ष रुपमा होटल तथा रेष्टुरेण्ट व्यवसायमा असर पुग्न गएकोले अप्रत्याशित रुपमा आईरहेकोले जिल्लास्थित सम्पूण होटल तथा रेष्टुरेण्ट व्यवसायलाई पूर्ण रुपमा बचाउन र होटल तथा रेष्टुरेण्ट व्यवसायमा कार्यरत कर्मचारीहरुले पाउने मासिक तलब सुविधा मध्ये ५० प्रतिशत सम्बन्धित व्यवसायीले र बाँकी ५० प्रतिशत तलब सुविधा सामाजिक सुरक्षा कोष मार्फत् कर्मचारीको आधा तलब व्यहोरिदिन सरकारसँग माग गरेका छन् ।

नेपाल सरकारका सम्बन्धित निकायमा दर्ता गरी वैधानिक रुपमा सञ्चालन गरिरहेका व्यवसायीहरुले बैंकबाट लिईरहेको व्यवसायीक कर्जाको व्याजमा ५० छुट वा म्याद अवधि थप गराई जरिवाना मिनाहा गरिदिन, होटल तथा रेष्टुरेण्ट व्यवसायमा सरकारका तर्फबाट लगाईएका सम्पत्तिकर, व्यवसाय कर, मूल्य अभिवृद्धि कर, विभिन्न प्रकारका राजश्वहरुमा छुटको व्यवस्था गर्नुका साथै विभिन्न दस्तुरहरु, पानी, बिजुली लगायतका महशुलमा ५० प्रतिशत छुट गरी राहतको व्यवस्था र घरवहालमा लिई होटल तथा रेष्टुरेण्ट व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले बुझाई रहेको घरभाडा तथा घर वहाल करमा समेत छुटको व्यवस्था गरिदिन माग गरेको छ ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top