२०८१, १६ बैशाख आईतवार

कोभिड-१९: नुवाकोटको दश स्थानमा हेल्थ डेस्क स्थापना

    चैत्र ९ २०७६ २३:४७


novel coronavirus covid 19 fast help desk nuwakot
इन्फोग्राफिक्स: सुनील श्रेष्ठ

विदुर – नोभेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट आम नागरिकलाई सुरक्षित राख्न नुवाकोटमा पाँच स्थानीय तहहरुको विभिन्न स्थानहरुमा दश ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याईएको छ । उक्त हेल्थ डेस्कमा चौबिसै घण्टा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको संयुक्त टोली रहने व्यवस्था मिलाईएको छ । हेल्थ डेस्क विदुर नगरपालिकामा २, बेलकोट नगरपालिकामा २, किस्पाङ गाउँपालिकामा २, पन्चकन्या गाउँपालिकामा ३ र शिवपुरी गापामा १ स्थानमा संचालनमा ल्याएको हो ।

राज्यले मुलुकलाई ‘सेमि लकडाउन’ को अवस्थामा शनिबारदेखि काठमाडौं र तराईका जिल्लाहरुबाट नुवाकोट प्रवेश गर्ने प्रमुख नाका गल्छी-सुवागढी सडकखण्डमा पर्ने बेलकोटगढी नगरपालिका वडा नम्वर ६ को कोल्पुटारमा चेकप्वाईन्ट सहित ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याईएको हो । चेक प्वाईन्टमा सर्वसाधारण सबैको शरिरको तापक्रम थर्मोमिटर गनबाट परिक्षण गरिने जिल्ला अस्पतालका मेडिकल सुपेरिण्टेण्डेण्ट डाक्टर रेमकुमार राईले बताए ।

विदुर नगरपालिकाको वडा नम्बर २ बट्टार बजार, पन्चकन्या गाउँपालिकाको वडा नम्बर १ बानियाँटार, वडा २ मा फुलबारी र वडा ५ मा  बानियाँटारमा हेल्थ डेस्क सञ्चालनमा हो ।

यस्तै, टोखा-छहरे सडकखण्डको काठमाडौं हुँदै नुवाकोट प्रवेश गर्ने नाकामा पर्ने शिवपुरी गाउँपालिकाको वडा नम्बर ६ गुर्जेभन्ज्याङमा पनि हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ ।

जिल्लामा  प्रवेश गर्ने सम्पुर्ण यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरुमा यात्रा गर्ने यात्रुहरुको अनिवार्य रुपमा स्वास्थ्य परिक्षण गर्ने उद्देश्यका साथ स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख अवीनारायण काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top