+
Search

ताजा अपडेट +

पपुलर +

एसईई परीक्षा स्थगित

डबली खबर
६ साल अगाडी

विदुर – काठमाडौं । सरकारले बिहीबारदेखि हुन लागेको एसइइ परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

नोवेल कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसईई परीक्षा हाललाई स्थगित गर्ने निर्णय हो ।

एसईई परीक्षा भोलि चैत ६ गतेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।

सो निर्णयको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ