sujim bazar advert

भोलिदेखि एसइइ परीक्षा सुरु, परीक्षा केन्द्रहरुको पूर्ण विवरणसहित

    चैत्र ५, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

education development and cordination nuwakot office building
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर – भोलि चैत ६ गतेबाट सुरु हुने यस वर्षको एसइइ परीक्षामा नुवाकोटबाट ४ हजार ३ सय ६ जना परिक्षार्थी सहभागी हुँदैछ । नियमिततर्फ ४ हजार १ सय ६५, ग्रेड वृद्धितर्फ ८५ र प्राविधिकतर्फ ५६ जना परिक्षार्थीले जनाले परीक्षा दिँदै छन् ।

नुवाकोट जिल्लाका २४ परीक्षा केन्द्रमा सञ्चालन हुने परीक्षामा प्रश्नपत्र, उत्तरपुस्तिका लगायत अन्य सामग्री पठाउने तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय ईकाई नुवाकोटका प्रमुख अर्जुनबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरसको संक्रमणबाट परीक्षार्थी प्रभावित हुन सक्ने भन्दै नुवाकोटमा पनि एसइइ परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन हुनेछ।

देशभरीबाट परीक्षामा चार लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थी सहभागी हुने जानकारी परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले दिएको छ । परीक्षामा छात्रतर्फ दुई लाख ३९ हजार ९१ जना र छात्रातर्फ दुई लाख ४३ हजार ६१६ जना परीक्षार्थी सहभागि हुँदैछन् ।

परीक्षा साधारण विषयतर्फ चैत १४ र प्राविधिक विषयतर्फ १७ गते सकिने कार्य तालिका रहेको छ ।

एसइइ परीक्षा केन्द्रका पूर्ण नामावली

शंकास्पद बिरामी वा संक्रामक रोगको लक्षण देखिएमा तत्कालै जिल्ला अस्पतालका डा.अमित कुमार श्रेष्ठ ९८४३७४२४१५ र स्वास्थ्य कार्यालयका जनार्दन सिलवाल ९८५१२०६३४८ सँग सम्पर्क राख्न  गर्न सकिनेछ ।

कोरोनाभाइरस रोग सम्बन्धी थप जानकारीका लागि स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बरहरु ९८५१२५५८३९ ,९८५१२५५८३७ , ९८५१२५५८३४ मा बिहान ८ बजे देखि बेलुकी ८ बजे सम्म सम्पर्क गर्न सक्नुहुन्छ। त्यस्तै, काठमाडौं टेकुस्थित हटलाइन नम्बर १११५ मा फोन गर्न सकिने छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top