+
Search

ताजा अपडेट +

पपुलर +

पूर्वमिस नेपाल उषा खड्गीले गरिन् ‘डिभोर्स’

डबली खबर
६ साल अगाडी

पूर्व मिस नेपाल-२००० को ताज विजेता नेपाल उषा खड्गीले आफ्नो १७ वर्ष लामो वैवाहिक जीवन टुङ्ग्याएकी छन्।

इमेज टेलिभिजनलाई दिएको अन्तरवार्ताको दुई भिडिओ क्लिपसहितको फेसबुक पोस्टबाट उनले जिपी तिमल्सिनासँगको १७ वर्ष लामो वैवाहिक जीवन समापन गरेको सार्वजनिक गरेकी हुन्।

‘विवाह गरेको १७ वर्षपछि पनि मैले शारिरिक र मानसिक दुर्व्यवहार भोग्नुपर्छ भने त्यसलाई निरन्तरता दिनुको कुनै आधार छैन’, उनले सो फेसबुक पोस्टमा लेखेकी छन्।

पोस्टमा उनले सो क्रियाकलापलाई ‘नाईं’ भन्ने निर्णय गरेको भन्दै सहयोग र साथ दिने सबैलाई धन्यवाद भनेकी छन्।

शनिबार गरिएको पोस्टमा उनले आफू र आफ्ना सन्तानको अधिकारका लागि लड्ने पनि लेखेकी छन्।

फेसबुकमा उनले अन्तरवार्ताका दुई क्लिप पोस्ट गरेकी छन् जसमध्ये एकमा उनी बोल्दाबोल्दै रोएकी छन्।

उनको जिपी तिमल्सिनासँग प्रेम विवाह भएको थियो।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ