२०८०, १६ चैत्र शुक्रबार

लायन्स क्लबबाट शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण

    पुष २८ २०७६ २२:४०

education materials distribute
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – लायन्स क्लबका अन्तर्राष्ट्रियका संस्थापक मेल्विन जोन्सको १ सय ४१ औं जन्मोत्सवको अवसरमा लायन्स क्लब अफ काठमाडौंले शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ ।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ मुलाबारीमा रहेको श्री मुलाबारी आधारभुत विद्यालयमा अध्ययनरत ९३ जना विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरेको लायन्स अफ क्लब काठमाण्डौँ तार्केश्वरका सचिव लोकेश रिमालले जानकारी दिए ।

“जहाँ आवश्यकता त्यहाँ लायन्स दिएर बाँचौ, आफु  बचौं अरुलाई बचाउँ” भन्ने नाराका साथ लायन्स क्लबले वितरण गरेको शैक्षिक सामग्रीमा झोला, कापी, कलम र न्यानो कपडामा जाडो महिनामा लगाउने मोजा, सुईटर, पन्जा, टोपी लगायतका सामग्री रहेको छ ।

कार्यक्रममा लायन्स क्लबका प्रमुख बरिष्ठ सल्लाहकार बिष्णुहरि फुँयालले सहयोग सामग्रीबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अध्ययनप्रति हौसला मिल्ने विश्वास लिएको बताए ।

विद्यालयमा कक्षा ४ र ५ मा अध्ययनरत अभिभावक गुमाएका दुई दिदीबहिनी मीना र सुनिता मिजारलाई अध्यापनको लागि रु१४ हजार नगद रुपैंयाँ र अन्य आवश्यक सामाग्री खरिद गर्नको लागि रु१० हजार रुपैंयाँ हस्तान्तरण गरेको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद ढुंगानाले लायन्स क्लबले गरेको सहयोगले गुणस्तरीय शिक्षा प्रवाहमा टेवा पुग्ने बताए ।

लायन्स क्लबले नुवाकोट जिल्लामा सञ्चालित सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको पठनपाठनलाई निरन्तरता दिन आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top