२०८१, १६ बैशाख आईतवार

नुवाकोटमा स्वास्थ्य बिमा सुरु, स्वास्थ्य बीमा नियमावलीसहित

    मंसिर २१ २०७६ ०७:०२

nuwakot health insurance
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ — नुवाकोट जिल्लासहित मुलुकभर ५० वटा जिल्लामा स्वास्थ्य बिमा सुरु भएको छ । नेपालको संविधानले ‘नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने’ प्रावधान गरेको छ।

नेपाल सरकारले स्वास्थ्य बिमा सम्बन्धि जारी गरेको नियमावलीअनुसार राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत परिवारका ५ जनासम्मले ३ हजार ५ सय रुपैयाँ तिरेर एक वर्षका लागि बिमाअन्तर्गत उपचार सेवा लिन सक्छन् । एक लाखसम्मको स्वास्थ्य बिमा गर्न पाईनेछ ।

परिवारको एक जनाले वार्षिक स्वास्थ्य बिमाबापत २० हजार रुपैयाँ बराबरको उपचार सुविधा पाउने भएको छ । नियमअनुसार एउटा परिवारमा ५ जनाभन्दा बढी सदस्य भए प्रत्येक सदस्यबापत ७ सय रुपैयाँ तिर्नुपर्छ । सदस्य संख्या थपिँदा एउटा परिवारले अधिकतम २ लाख रुपैयाँसम्मको बिमा गराउन पाउँछ ।

बिरामी हुँदा सबैभन्दा पहिले संघ, प्रदेश वा स्थानीय सरकारबाट सञ्चालित स्वास्थ्य संस्थामा जानुपर्छ । इमर्जेन्सी र रेफरल अवस्थामा भने निजी स्वास्थ्य संस्थामा समेत जान सकिन्छ । बोर्डले हाल निजी र सरकारी गरी करिब दुई सय स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ ।

बीमा गरेमा के कस्तो सेवा सुविधा पाइन्छ ?

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गनर्ेे कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।

तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

स्वास्थ्य बीमा नियमावली

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top