२०८०, २४ जेष्ठ बुधबार

सरकारले नि:शुल्क सिपमूलक तालिम दिँदै

    भाद्र २७ २०७६ ०६:१६

Diyo Pathshala Montessori

काठमाडौं । व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रोले ३८ वटा विभिन्न पेशा सम्बन्धी काठमाडौँ, भक्तपुर र ललितपुरमा नि:शुल्क तालिम दिने भएको छ। इच्छुक युवाहरूले अनलाइन मार्फत निवेदन फारम भरेर तालिम लिन सक्छन्।

कसले निवेदन दिन पाउँछन्?

१६ वर्ष पुगेर ४० वर्ष नकाटेका गरिब तथा बेरोजगार नेपाली युवाहरूले निवेदन दिन पाउँछन्।

केके विषयमा तालिम दिइन्छ?

निवेदन फारम कहाँबाट भर्ने?

फारम व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रो (EVENT II) को वेबसाइट http://event.gov.np/en-at-6-1.aspx मा गएर अनलाइन मार्फत भर्न सकिन्छ।

तालिम कति समयको हुन्छ?

तालिम महिना (३९० घण्टा) को हुन्छ।

कसरी निवेदन दिने?

सबैभन्दा पहिले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रो (EVENT) को वेबसाइट http://event.gov.np/en-at-6-1.aspx  मा जानुहोस्

  • स्क्रिनको माथिल्लो भागमा भएकोभौचरमा आधारित तालिममा सहभागी हुन आवेदन फाराम भर्ने सम्बन्धी सूचनामा क्लिक गर्नुहोस्।
  • त्यहाँ देखिएकोफाराम भर्न यहाँ क्लिक गर्नुहोस्मा थिच्नुहोस्।
  • चालु अवस्थामा रहेको आफ्नै मोबाइल नं लेख्नुहोस्भएको ठाउँमा आफ्नो मोबाइल नम्बर हाल्नुहोस्।
    • यो फारम भर्दा एउटा मोबाइल नम्बरबाट एउटा मात्र फारम भर्न मिल्छ। त्यसैले नम्बर हाल्दा ध्यान पुर्‍याउनुहोला।
  • स्क्रिन आएका सबै विवरण राम्ररी भर्नुहोस्।
    • के के भर्ने जान्न यो लिङ्कमा जान सक्नुहुन्छ।
    • टाइप गर्दा सबै ठाउँमा अङ्ग्रेजीमा टाइप गर्नुपर्छ।
    • सबै विवरण सत्य प्रष्ट्र रूपमा भर्नुपर्छ। झुठो ठहरिएमा जुनसुकै बेला पनि आवेदन रद्द हुनु साथै प्रचलित कानुन बमोजिम कारबाही समेत हुनसक्छ।
  • सबै विवरण भरेपछि ‘Submit Application” मा क्लिक गर्नुहोस्।
    • यसो गर्दा सबै विवरण सेभ हुन्छ।
    • तपाईँले भर्नुपर्ने कुनै विवरण खाली रहेमा विवरण सेभ हुँदैन के कारणले सेभ नभएको हो Error म्यासेज देखाउँछ। सो म्यासेज हेरी आफ्नो पूरा नभएको विवरण पुन: भरी सेभ गर्नुपर्छ।
    • एक पटक फारम भरेर सेभ भइसकेपछि फेरी सच्याउन मिल्दैन। त्यसैले ध्यान दिएर भर्नुहोला।
  • Submit Application क्लिक गरेपछि सुरुमा राखेको मोबाइल नम्बरमा भेरिफिकेशन कोड आउँछ, सो कोड राखी Verify Button मा क्लिक गर्नुहोस्।
  • आवेदन स्वीकृत भएपछि सोही मोबाइल नम्बरमा टोकन नं पनि आउँछ।
  • सो टोकन नं पछि चाहिने हुँदा सुरक्षित राख्नुपर्छ।

तालिमका विशेषता के के छन्?

  • तालिम नि:शुल्क हुन्छ
  • तालिमको समयमा खाजाको व्यवस्था हुन्छ
  • गरिब, महिला, मधेसी, जनजाति, दलित, अपाङ्गता भएका पिछडिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिलाई प्राथमिकता दिइन्छ
  • तालिम पाएपछि रोजगारी पाउन सजिलो हुन्छ

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

निवेदन यहि मिति २०७६ साल असोज १६ गते राती १२ बजेसम्ममा बुझाइसक्नुपर्छ।

थप जानकारीको लागि सूचना हेर्नुहोला:

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top