२०८१, १४ बैशाख शुक्रबार

आर्थिक पत्रकार समाज नेपालकोअध्यक्षमा गौतम निर्वाचित

    भाद्र १५ २०७६ १२:४३

sejon new elected members
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षमा भीमप्रसाद गौतम निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनमा गौतमले अध्यक्षका अर्का प्रत्यासी मोदनाथ ढकाललाई १० मतले पराजित गर्दै अध्यक्ष पदका लागि विजयी भएका हुन् । निर्वाचनमा कुल २ सय ३३ मत खसेकोमा गौतमले १ सय २० र ढकालले १ सय १० मत प्राप्त गरेका थिए । ३ मत अध्यक्ष पदका लागि कुनै पनि मत खसेन ।

त्यस्तै महासचिवमा सुजन ओली निर्वाचित भएका छन् । ओलीले अर्का प्रत्यासी अच्युत पौडेललाई ४० मतले पराजित गरे । ओलीले १ सय ३५ र पौडेलले ९५ मत ल्याए ।

त्यस्तै उपाध्यक्षमा सरस्वती ढकाल गोलाप्रथामार्फत निर्वाचित भए । प्रत्यासी ढकाल र विष्णु बेलबासेको ८३/८३ बराबर मत आएपछि गोलाप्रथा गरिएको थियो । उपाध्यक्षका अर्का प्रत्यासी अनुज ढुंगेलले ६७ मत ल्याएका थिए ।

त्यस्तै, सचिव पदमा कृष्ण रिजालले ९७ मत ल्याएर निर्वाचित भएका छन् । प्रत्यासी राजु चौधरीले ६५ र सागर घिमिरेले ७२ मत ल्याए ।

सदस्यमा विनय बञ्जारा १ सय ७०, मुना कुँवर १ सय ५२, सुजन ढुंगाना १ सय ४८, हिमा विक १ सय ३५ र कमला अर्यालले १ सय ७ मत ल्याएर विजयी भएका छन् ।

सदस्यमा जीवनकुमार बस्नेतले १ सय र विपी पोख्रेलले ७५ मत ल्याएर पराजित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top