२०८१, १३ बैशाख बिहीबार

सुविन्द्रको ‘आवरण’ एल्बम सार्वजनिक, ‘अधुरो बाचा’को म्युजिक भिडियो रिलिज

    असार २१ २०७६ ०७:२१

aarohan music album release of subindra kc by singer ramkrishna dhakal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं / नुवाकोटका उदयमान गायक सुविन्द्र केसीको पहिलो गीति एल्बम ‘आवरण’ सार्वजनिक भएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमा ‘आवरण’ एल्बमको गायक रामकृष्ण ढकाल र वरिष्ठ साहित्यकार तथा गीतकार दिनेश अधिकारीले संयुक्तरुपमा सार्जवनिक गरेका हुन् ।

एल्बमको बिक्रिबाट प्राप्त रोयल्टी रकम नुवाकोटका दृष्टिविहिन सँस्था वा व्यक्तिलाई प्रदानग गरिने गायक केसीले दिए । साथै उक्त एल्बममा समाबेश गरीएका “मेरो देश”, “गाजल लगाएर नयन सजएउ” गीत लगायतको म्युजिक भिडियो पनि बनिसकेको गायक केसीले जानकारी गराए । युवा पुस्तालाई नै मध्यनजर गर्दै ‘आवरण’एल्बममा रोमान्टीक, देशप्रेम र सेन्टिमेन्ट गीतहरुलाई समाबेश गरीएको बताए ।

Image may contain: 1 person

आठ वर्षदेखि संगीतको प्रशिक्षण लिईरहेका गायक केसी अहिले राम सिटौलासँग संगीतको प्रशिक्षण लिईरहेका छन् । गायक केसी बाल्यकालदेखि नै संगीतप्रति आकर्षित थिए । संगीत बुझ्न थालेपछि उनी गायक रामकृष्ण ढकालको प्रसंशक भएका थिए । २०६९ सालमै रेकर्ड गराएका पहिलो गीत “मख्खै बनाउने तिम्रो रुप” अहिले पनि चर्चामा छ । उनको गायनशैली गायक ढकालसंग मिल्दोजुल्दो छ । ढकालकै प्रसंशक भएकै हुनाले आफ्नो एल्बमको शिर्षक पनि “आ” अक्षरबाटै राखेका छन् ।

Image may contain: 3 people, people smiling, people sitting

 

“उधारो बाचा” म्युजिक भिडियो सार्वजनिक

शुक्रबार नै युटुब मार्फत एल्बममा समावेश भएको “उधारो बाचा” बोलको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा नायिका केकी अधिकारीको साथमा रञ्‍जित पौडेल र नुवाकोटका मोडल जोवन रञ्‍जितको अभिनय रहेको छ । उक्त गीतमा गायक केसीकै शब्द/रचना र संगीत रहेको छ ।

विन्ध्यवासिनी म्युजिक प्रा.लि. को प्रस्तुती रहेको गीतको भिडियोमा विशाल भण्डारीले निर्देशन गरेको उक्त भिडियोमा छाँयाकार बुद्ध थापाको छायांकन र प्रविन श्रेष्ठको सम्पादन रहेको छ ।

एल्बमको गीत लेखनमा गायक केसीको अलावा राजु सिटौला, श्रीकृष्ण बम मल्ल, डा. नवराज लम्साल, एकनारायण भण्डारी, बिपिन किरण र पुरुषोत्तम ढुंगेलको रहेको छ । टिका भण्डारी, महेश खड्का, अर्जुन पोखरेल, राजु सिटौला र श्रीकृष्ण बम मल्लको म्युजिक कम्पोज रहेको छ ।

एल्बममा किरण कँडेल, फणीन्द्र राई, महाराज थापा, हरिशरण सायमी र गोपाल रसाइलीको म्युजिक एरेन्ज रहेको छ । त्यस्तै, प्रज्ञा साउण्ड, एकस्टिक नेपाल, स्ट्रिंङ स्टुडियो, राग स्टुडियो र ए वान म्युजिसियनमा रेकर्ड गरेका हुन् ।

एल्बमको कभर डिजाईन अनिल स्थापीतले गरेका हुन् ।

Image may contain: 3 people, people smiling

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top