काठमाडौँ / नेपाली कथानक चलचित्र ‘काँचुली’ ले पहिलो पोस्टर सार्बजनिक पनि गरेको छ ।
बिजी बर्मा फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा कला राइको प्रस्तुति रहेको चलचित्र लाई राम महर्जन र क्रेजा महर्जनले निर्माण गरेका हुन् ।
शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्र आगामी साउन २४ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।
चलचित्रमा शुभेच्छा थापा, सुबाश गजुरेल, शर्मिला शर्मा, रबिन श्री, राजन महर्जनको मुख्य भूमिका रहेको छ ।
नयाँ प्रस्तुतिको रुपमा दिप कुलुङ्ग, मुमा सापकोटा, राजन श्रेष्ठ, आश्मी थापा, रिजन बिशुङ्खे, अन्जना ज्योतिर गोबिन्द लामा लगायतको अभिनय रहेको छ ।
शंकर अधिकारी घायलको गीत रचनामा राजु लामा, राजेन्द्र बजगाईं, शंकर अधिकारी घायलको संगीत रहेको छ।
गीतमा सपना श्री, नित्य शिवा, राजेन्द्र बजगाईं र शम्भु रैकाको स्वर रहेको छ ।
प्रतिक्रिया