२०७९, १२ असार आईतवार

हाइकु सङ्ग्रह “आगोको लप्का” विमोचित

    बैशाख ८ २०७६ १५:३२

aagoko lapkka shreeram shrestha haiku
Diyo Pathshala Montessori

विदुर / साहित्यकार श्रीराम श्रेष्ठद्वारा रचित १३औं कृति “आगोको लप्का” हाइकु सङ्ग्रह विमोचन भएको छ ।

शनिवार विदुरमा एक समाराेह बीच हाइकु सङ्ग्रहको विमोचन म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङले विमोचन गर्नुभएको छ । “समृद्ध नेपाल सुखी नेपाली” भन्ने नारालाई सार्थक बनाउन कला र साहित्यकाे महत्वपूर्ण भूमिका हुने अध्यक्ष तामाङले बताउनुभयो । विकास निमार्णमा देखिएका समस्या तथा चुनौतीलाई साहित्यकारले आफ्नो कलम चलाउनु पर्ने बताउनु भयो ।

विमोचन कार्यक्रममा हाइकु संग्रहको समालोचनात्मक टिप्पणी गर्दै टिप्पणीकर्ता मुकुन्दराज अर्याल, रामप्रसाद चालिसे र सुमित्र सुमीले हाइकु संग्रह उत्कृष्ट रहेको बताउनुभयो ।

कार्यक्रममा हाइकुका सर्जक श्रेष्ठले आगोको श्राद्ध गर्न संग्रहको नाम आगोको लप्का राखिएको प्रकाश पार्नुभयो ।

नुवाकोट साहित्य प्रतिस्ठान नेपालद्वारा प्रकाशित “आगोको लप्का” मा ५ सय हाइकुहरु सङ्ग्रहित रहेको छ । १ सय ४७ पानामा प्रकाशित हाईकु श्रेष्ठको दोस्रो कृति हो । एकल लेखनमा २०६२ मा पहिलो “ट्राफिक जाम” हाइकु प्रकाशन गरेका थिए भने २०७३ मा “भूकम्पको चाङ” मा संयुक्त रहेको थियो ।

श्रेष्ठद्वारा रचित केहि हाइकुहरु:

सिन्दुरे जात्रा
भेटघाटको थलो
मित्रता गाँस्दै!

-o-

लाजको पोको
गुम्साएर राखेको
उदाङ्ग हुँदा!

-o-

मायाको चिनो
छातीमा टाँसी राखेँ
पोल्यो बेसरी!

के हो हाईकु?

नेपालमा २०१९ सालमा शंकर लामिछानेले सर्वप्रथम रूपरेखा पत्रिकामा ‘हाइकु’ प्रकाशन गरेका थिए। जनक सापकोटाले अन्तर्राष्ट्रिय हाइकु समाजमा नेपाली हाइकु स्थापित गरेका छन ।

कम शब्दमा नै धेरै भाव प्रकट गर्ने प्रमुख विशेषता बोकेको हाइकु जापानी शैलिको कविता हो। पूर्वी एसियाली साहित्यको विश्व साहित्यलाई उदाहरणिय योग्दानको रूपमा हाइकु र सिजो लाई लिइन्छ |

सातौं–आठौं शताव्दी तिरको हाइकाइ श्रृङ्खलाको बिकसित रूप हो हाइकु। तत्कालीन हाइकाइ श्रृङ्खलाका शुरुका तिन हरफ मात्र जस्लाई होक्कु भनिन्छ, आज हाइकु रूपमा उदाएको छ। हाइकु पूर्ण रूपमा शास्त्रिय संरचनामा बाँधिएको हुन्छ। पहिलो हरफमा पाँच अक्षर, दोस्रो हरफमा सात अक्षर र तेस्रो हरफमा पाँच अक्षर गरी सत्र अक्षरको हुन्छ हाइकु। तर शास्त्रिय संरचना मात्र पनि पर्याप्त छैन। कलात्मक ढंगबाट प्राकृतिक किगोको प्रयोग गर्नुपर्छ हाइकुमा। हाइकु ओजिलो र बोझिलो हुनुपर्छ। ५–७–५को संरचना भित्र शब्दजाल बुन्दैमा त्यसलाई हाइकुको कोटिमा राख्न सकिदैन। यो हाइकुको कठिन मान्यता हो र शास्त्रिय चरित्र पनि।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top