sujim advert

“समर लभ” को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

    पुस २३, २०७५

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

summer love Nepali movie artists rewati chhetri
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

एफकेएम / युवा लेखक सुविन भट्टराईद्वारा लिखित चर्चित नोवेल ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

घोषणाको ३ वर्षपछि प्रदर्शनका लागि तयार भएको फिल्मको ट्रेलर सोमवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर निर्माण टिमले सार्वजनिक गर्‍यो ।

ट्रेलरमा पुस्तकका केही हृदयस्पर्शी र रमाइला संवादहरुलाई विशेष प्राथमिकता दिइएको छ । साया (रेवती क्षेत्री) र अतित (आशिष पिया) बीचको ‘लभ जर्नी’ मा ठोकिन पुग्ने सुस्मिता उर्फ नम्रता सापकोटाले पनि ट्रेलरमा पर्याप्य ‘स्क्रिन स्पेस’ पाएकी छन् । ट्रेलरमा साया र सुस्मितासँग अतितको लिपलक र बेडसिन हाबी छ ।

फिल्ममा लेखकको भूमिकामा सुरजसिंह ठकुरी छन् । ‘नाइँ नभन्नू ल ३’ फेम्ड निर्देशक मुस्कान ढकालले यो फिल्म निर्देशन गरेका हुन् । घोषणाकै बेलादेखि पात्र छनौटमा चुकेको आरोपबाट मुक्त हुन नसकेको यस फिल्मबाट रेवती र आशिषले डेब्यु गरेका हुन् । दुबै फिल्मलाई लिएर आशावादी देखिए ।

शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक, मानसविक्रम थापालगायतका कलाकारहरुको अभिनय रहेको फिल्म उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको निर्देशक ढकाल बताउँछन् । उनी भन्छन्, ‘पुस्तक सर्वाधिक रुचाइएको कारण फिल्म राम्रो बनाउन हामीलाई ठूलो दबाव थियो । हामीले हाम्रो तर्फबाट गर्न सक्ने सबै प्रयास गरेका छौं ।’

नव-नायक आशिष चर्चित पुस्तकमाथि बनेको फिल्ममा काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताए । उनी भन्छन्, ‘पुस्तक पढ्दा जति आनन्द आउँछ फिल्मबाट पनि त्यो खुसी मिल्छ ।’ केही बलिउड फिल्म समेत गरिसकेकी रेवती पनि फिल्मलाई दर्शकले रुचाउनेमा आशावादी देखिइन् ।

माघ २५ बाट प्रदर्शनमा आउने फिल्ममा सुविनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् । लेखक तिमल्सेनाले पुस्तक पढ्दा पाठकको मन छोएको महत्वपूर्ण पाटोलाई मात्र फिल्ममा उतारिएको बताए । उनले उक्त फिल्म सफल भए ‘साया’ पुस्तकमा पनि फिल्म बन्ने जानकारी दिए ।

फिल्मको संवाद सुविन र सामीप्य मिलेर लेखेका छन् । फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । फिल्मको सम्पादनको जिम्मेवारी अर्जुन जिसीको काँधमा छ ।

ट्रेलर हेर्नुहोस् :


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top