२०८१, १४ बैशाख शुक्रबार

क्रिकेटको कथामा फिल्म बन्ने, एक्सपर्टले निर्माण गर्ने

    पुष २३ २०७५ २२:२४

paras khadka criket nepal expert education
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

एफकेएम / खेलकुदमा आधारित भएर नेपालमा खासै फिल्म निर्माण भएका छैनन् । बनेका पनि बक्सअफिसमा चम्किएका छैनन् । डण्डीवियोको कथामा फिल्म ‘डमरुको डण्डीवियो’ र क्रिकेटमा आधारित भएर ‘च्याम्पियन’ निर्माण भएको थियो । यस्तै, फुटबल खेलाडीको संघर्षमा फिल्म ‘क्याप्टेन’ तयार भएको छ ।

यसबीच नेपाली युवापुस्तामा सर्वाधिक लोकप्रिय क्रिकेट खेलमा आधारित भएर एक फिल्म निर्माण हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले क्रिकेटको कथामा फिल्म निर्माण गर्न लागेको हो । एक्सपर्टका सद्धभावना दुत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले फिल्मबारे जानकारी दिए ।

अष्ट्रेलियाको सिड्नीमा आइतबार आयोजित एक कार्यक्रममा कप्तान खड्काले एक्सपर्टका निर्देशक संजिब शर्माले फिल्मको निर्माण गर्न लागेको बताए । उनी भन्छन्, ‘खेलकुद विधामा निकै कम फिल्म बनेका छन् । यो फिल्मले क्रिकेट विकासमा सहयोग पुर्‍याउनेमा विश्वस्त छौं ।’

फिल्मले एक सफल क्रिकेटर बन्नका लागि गर्नुपर्ने संघर्षको कथा भन्नेछ । फिल्ममा सुनोद श्रेष्ठ लिड रोलमा रहनेछ । अन्य कलाकार र निर्देशक भने चाँडै छनोट गरिने शर्माले बताएका छन् । मुख्य अभिनेता श्रेष्ठको यो डेब्यु फिल्म हो । यसअघि उनले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top