sujim bazar advert

क्रिकेटको कथामा फिल्म बन्ने, एक्सपर्टले निर्माण गर्ने

    पुस २३, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

paras khadka criket nepal expert education
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

एफकेएम / खेलकुदमा आधारित भएर नेपालमा खासै फिल्म निर्माण भएका छैनन् । बनेका पनि बक्सअफिसमा चम्किएका छैनन् । डण्डीवियोको कथामा फिल्म ‘डमरुको डण्डीवियो’ र क्रिकेटमा आधारित भएर ‘च्याम्पियन’ निर्माण भएको थियो । यस्तै, फुटबल खेलाडीको संघर्षमा फिल्म ‘क्याप्टेन’ तयार भएको छ ।

यसबीच नेपाली युवापुस्तामा सर्वाधिक लोकप्रिय क्रिकेट खेलमा आधारित भएर एक फिल्म निर्माण हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले क्रिकेटको कथामा फिल्म निर्माण गर्न लागेको हो । एक्सपर्टका सद्धभावना दुत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले फिल्मबारे जानकारी दिए ।

अष्ट्रेलियाको सिड्नीमा आइतबार आयोजित एक कार्यक्रममा कप्तान खड्काले एक्सपर्टका निर्देशक संजिब शर्माले फिल्मको निर्माण गर्न लागेको बताए । उनी भन्छन्, ‘खेलकुद विधामा निकै कम फिल्म बनेका छन् । यो फिल्मले क्रिकेट विकासमा सहयोग पुर्‍याउनेमा विश्वस्त छौं ।’

फिल्मले एक सफल क्रिकेटर बन्नका लागि गर्नुपर्ने संघर्षको कथा भन्नेछ । फिल्ममा सुनोद श्रेष्ठ लिड रोलमा रहनेछ । अन्य कलाकार र निर्देशक भने चाँडै छनोट गरिने शर्माले बताएका छन् । मुख्य अभिनेता श्रेष्ठको यो डेब्यु फिल्म हो । यसअघि उनले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top