sujim bazar advert

किस्पाङमा एकिकृत घुम्ती शिविर सुरु (श्रव्यदृश्य सहित)

    पुस ४, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

NEA meter distribute Nuwakot Kispan Rural Municipality
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

किस्पाङ / जिल्लाबाट प्रदान गरिने सरकारी कार्यालयका सेवाहरु स्थानीयमै गएर सेवा प्रदान गरिने कार्यक्रम अनुरुप आज किस्पाङ गाउँपालिकाको काउलेमा दुई दिने एकिकृत घुम्ती शिविर सुरु भएको छ ।

शिविरको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापाले जनताको पहुँचमा सेवा प्रदान गर्ने जनप्रतिनिधिको दायित्व भएकोले शिविरबाट जनताले बढीभन्दा बढी लाभ लिने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख थापाले नयाँ विद्युत जडानको लागि काउलेका बासिन्दा सुस्मिता माया तामाङलाई प्रक्रिया अनुसार डिजिटल विधुतीय मिटर प्रदान गर्नुभएको थियो । धेरै समयदेखि विद्युत जडान गर्न कुरेर बसेर सुस्मिता मिटर गाउँमै पाएर दङ्ग थिए । सुस्मिताले घरमा पालेको राँगोको लागि पनि पोषिलो औषधी र आफ्नो स्वास्थ्य परिक्षण गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले नेपाल सरकारको निर्देशन अनुसार केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कुनै गाउँपालिका/नगरपालिकालाई केन्द्र बनाएर सरकारी सेवा प्रदान गरिने अवधराणा अनुरुप शिविर संचालन गरिएको बताउनुभयो ।

किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले गाउँका जनताले जिल्लासम्म पुगेर सेवालिन कतिसम्म समस्या झेल्नु पर्ने बाध्यतालाई सरकारी कार्यालय प्रमुखलाई महशुस गराउन र शिविर पश्चात् जिल्लामा गएर सेवा लिन जाने सेवाग्राहीलाई सहजताका साथ सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।

घुम्ती शिविरमा जिल्ला अदालत र सरकारी वकिल कार्यालयले परिवर्तित मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि, जिल्ला प्रशासन कार्यालयले नयाँ नेपाली नागरिकता प्रमाणपत्र वितरण, नाबालक परिचयपत्र वितरण गर्नेछ । नेपाली सेना श्रीनाथ गण नुवाकोट र श्री नं. ६ फि.ए. गुल्म, बैरेनी धादिङले डाक्टरसहितको स्वास्थ्य शिविर तथा नि:शुल्क औषधि वितरण गर्नेछ । त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले घुम्ती शिविरमा सहयोग, सुरक्षाको प्रबन्ध र सुरक्षा सम्बन्धि जनचेतना कार्यक्रम गर्नेछ । निर्वाचन आयोगले फोटोसहितको मतदाता परिचयपत्रको लागि नामावली दर्ता, कोष तथा लेखा नियन्त्रणले मदिरा बिक्रि वितरणको इजाजत पत्र वितरण  गर्नेछ । त्यसैगरी डिभिजन वन कार्यालयले वन र वन पैदावर सम्बधि जानकारी एवं परामर्श सेवा, स्वास्थ्य कार्यालयले स्वास्थ्य परामर्श सेवा, कृषि ज्ञान केन्द्रले कृषि सम्बन्धि राय परामर्श, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुको चेक जाँच एवं राय परामर्श, हुलाक कार्यालयले हुलाक टिकटको वितरण र घरेलु तथा साना उद्योग विकास समितिले व्यवसाय दर्ता तथा इजाजत पत्र वितरण तथा अनुगमन लगायतका सेवाहरु प्रदान गरिने छन् ।

ghumti shivir

 

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top