२०७९, ३ जेष्ठ मंगलवार

माघमा “तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण एक्स्प्रो २०१९” हुँदै

    कार्तिक २७ २०७५ १३:४१

Nepal Agritech Dabali Khabar 2019
nuwakot trishuli graphic web media service 2020

ललितपुर / कृषि तथा पशुपालन क्षेत्रलाई लक्षित गरेर आगामी माघको ११ गतेदेखि १३ गतेसम्म धरानमा “तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण एक्स्प्रो २०१९” हुने भएको छ ।

कृषि विभागअन्तर्गतको कृषि इञ्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्तरुपमा कार्यक्रमको आयोजना गर्न लागेको नेपाल कृषि मेशिनरी व्यवसायी संघले जनाएको छ ।

कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको हो । एक्स्प्रोमा आधुनिक कृषियन्त्र, आधुनिक सिँचाइ प्रविधि, गुणस्तरीय बीउबिजन, कुखुरापालन, डेरी, माछापालनलगायतका सामग्री रहनेछ । एक्स्प्रोबाट कृषि क्षेत्रको समग्र विकास र कृषि उत्पादन वृद्धि हुने आयोजकले जनाएको छ।

एक्स्प्रोमा करिब रु.१० करोडको कारोबार हुने आयोजकको दाबी रहेको छ । विश्वका १६ देशका झण्डै १ सय ५० भन्दा बढी कम्पनीले एक्स्प्रोमा सहभागिता जनाउने छ । एक्स्प्रोमा ५० हजार अवलोकनकर्ता आउने लक्ष्य रहेको छ । १ सय ५० वटा कम्पनीको छुट्टाछुट्टै स्टल रहनेछ ।

अवलोकनको लागि यहाँ क्लिक गर्नुहोस्

Diyo Pathshala Montessori
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top