गायक तथा संगीतकार लक्ष्मण शेषको स्वर र संगीतकार चक्रपाणि तिमल्सिनाको संगीत रहेको ‘आजदेखि साथी मैले’ बोलको गीत अडियो/भिडियो सार्वजनिक भएको छ ।
संगीतकार तिमल्सिनाले साथी कै नाताले यस गीत गाउन आग्रहमा एक दशकपछि गायन क्षेत्रमा पुनरागमन हुन पुगेको बरिष्ठ संगीतकार लक्ष्मण शेष बताउँछन् ।
गीतकार उमेशचन्द्र घिमिरेको शब्द रहेको छ । म्युजिक भिडियोको निर्देशन जीवन भट्टराईले गरेका छन् । क्यामरामा मनोज महर्जन, मेकअपमा शम्शेर लामा रहेका छन् भने भिडियो सम्पादन किशोर खनालले गरेका हुन् ।

प्रतिक्रिया