+
Search

ताजा अपडेट +

पपुलर +

नगरप्रमुखद्वारा तलबभत्ता सामाजिक संस्थालाई

डबली खबर
७ साल अगाडी

नेपालगञ्ज / नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले आफूले पाउने एक महिनाको तलबभत्ता सामाजिक कार्यका लागि प्रदान गरेका छन् ।

नगरप्रमुख राणाले असोज महीनाको आफ्नो तलबभत्ता रु.५० हजार नेपालगञ्ज–२ स्थित खानेपानी ट्याङ्की नजिकै रहेको वाल्मिकी समाज तथा मन्दिरलाई प्रदान गर्नुभएको छ। नगरप्रमुख राणाले महर्षी बाल्मिकी जयन्तीका अवसरमा आज बाल्मिकी समाजका अध्यक्ष रामचन्द्र बाल्मिकीलाई उक्त रकम हस्तान्तरण गर्नुभयो । साथै आफ्नो कार्यकालभरि पाउने तलबभत्ता आवश्यकताका आधारमा सामाजिक सामाजिक सेवामा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ