+
Search

ताजा अपडेट +

पपुलर +

वर्डलिंकको रिपिटर टावरमा तोडफोड

Logo of Worldlink Communication ISP
डबली खबर
७ साल अगाडी

सल्यान / वर्डलिंक कम्युनिकेशनद्वारा सञ्चालित इण्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ ।

कपुरकोट-३ मूलाबारीमा रहेको वर्डलिंक रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

टावरमा क्षति भएपछि सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोट लगायतका जिल्लाहरुमा वर्डलिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय कपुरकोटले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ