२०८१, १३ बैशाख बिहीबार

१७ गतेबाट डिभीको फारम खुल्ने, अयोग्य पति र पत्नी वा सन्तान अयोग्य ठहरिने

    आश्विन १० २०७५ १४:१३

Opening-Registration-Period-2019-Diversity-Visa-Lottery
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । २०२० का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी) आवेदन यही असोज १७ गतेबाट सुरु हुने भएको छ ।

सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिभित्रमा वेबसाइटमा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्न सकिनेछ । उक्त डीभी भर्न कुनै पनि शुल्क लाग्दैन । साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ ।

डीभीको आवेदन भरेको आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्नेछ । कन्फर्मेसन नम्बरका आधारमा डीभीका लागि छनोटमा भए नभएको ७ मे २०१९ पछि वेबसाइट मार्फत वा इमेल मार्फत हेर्न सकिनेछ ।

यस वर्षको डिभी कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ, जसअनुसार मुख्य आवेदकले अयोग्य पति र पत्नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अयोग्य ठहरिने दूताबासले जनाएको छ ।

आवेदन दर्ता गर्दा पति र पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top