२०८१, १४ बैशाख शुक्रबार

अाज तेस्राे दिन: चालकको आन्दोलनका कारण देशभर यातायात ठप्प, यात्रुहरू मार्कामा

    आश्विन ४ २०७५ ११:१९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट/ नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण अाज तेस्राे दिन नुवाकाेट तथा देशभर सार्वजनिक यातायात ठप्प रहेकाे छ ।

सरकारद्वारा जारी गरिएकाे सवारी ऐन यातायात मजदुर मैत्री नभएको भन्दै हिजाे मंगलवारदेखि सार्वजनिक यातायात नचलाउने निर्णय गरेका हुन् ।  जारी गरिएकाे ऐन संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका चालकले माग पूरा नभए सम्म यातायात नचलाउने घोषणा गरेका हुन् ।

ऐनमा सवारी चालकलाई अपराधी सरह बनाएको, जन्म कैदको फैसला गर्ने व्यवस्था प्रति  असन्तुष्ट रहेको र  याताायात ठप्प पार्नुकाे बिकल्प नभएकाे  संयोजक शर्माले बताए । पूर्वका झापा, माेरङ, सुनसरी लगायत पूर्वी पहाडी जिल्लाहरूमा सार्वजनिक यातायात ठप्प रहनुका साथै हजाराै यात्रुहरू मार्कामा परेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top