+
Search

ताजा अपडेट +

पपुलर +

वैदेशिक रोजगारीका सबै सूचना अब अनलाईन र मोबाइलमा

डबली खबर
७ साल अगाडी

काठमाडौँ / वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण जानकारीको लागि ‘वैदेशिक रोजगार’ एप निर्माण गरिएको छ ।

एपबाट पूर्वस्वीकृतिको विवरण प्राप्त हुने, राहदानी र स्टिकर नम्बरका आधारमा श्रम स्वीकृतिको विवरण लिन सकिने छ । इजाजत प्राप्त संस्था, अभिमुखीकरण तालीम प्रदायक संस्था तथा स्वास्थ्य परीक्षण गर्ने संस्थाको अवस्था र अन्य विवरण पनि एपमै उपलब्ध हुनेछ ।

एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध बिमा कम्पनी र बैंकको विस्तृत विवरणसमेत एप्सबाट हेर्न सकिने छ । रोजगारीका क्रममा केही समस्या आइपरे तत्काल सम्पर्क गर्न गन्तव्य देशमा रहेका महत्वपूर्ण निकाय तथा व्यक्ति, दूतावास, श्रम काउन्सुलर तथा श्रम सहचारीको सम्पर्क विवरण एप्सबाटै प्राप्त गर्न सकिने छ । त्यस्तै सार्वजनिक सूचना, विभिन्न नीति नियम, प्रतिवेदनसमेत मोबाइलबाटै अध्ययन गर्न सकिने छ ।

Screenshot of DOFE mobile app Screenshot Image

एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली

सरकारले वैदेशिक रोजगारीमा गएका व्यक्तिका विवरण तथा तथ्याङ्क राख्न ‘एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली’ सञ्चालनमा ल्याएको छ।

सूचना र सेवालाई प्रविधिमैत्री ढङ्गले सहज, सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्तिहरुसमक्ष पु¥याई वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन एकीकृत सूचना प्रणाली लागू गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

एकीकृत सूचना प्रणाली आगामी असोज १५ गतेदेखि लागू हुने छ । यस प्रणालीमा अध्यागमन विभाग, राहदानी विभाग, कन्सुलर सेवा विभाग, कूटनीतिक नियोग, वैदेशिक रोजागार विभाग, वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालीम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक, बिमा कम्पनी, सीप तथा तालीम प्रदायक संस्था, गन्तव्य देशका रोजगारदातासम्बन्धी सूचना र सेवासम्बन्धी विवरण उपलब्ध गराइएको छ ।

एकीकृत सूचना प्रणालीले आप्रवासी कामदारले अपनाउनुपर्ने विविध विषयमा समेत जानकारी दिनेछ । अनलाइनबाटै श्रम स्वीकृतिको फारम भर्न, पेश गर्न र श्रम स्वीकृतिका चरणको प्रगति स्थिति अनलाइनबाट नै थाहा पाउन सकिने छ । यसैगरी आफ्नो श्रम स्वीकृति र पूर्वस्वीकृति भए÷नभएको एसएमएस, वेभसाइट, मोबाइल एप्स र अनलाइन प्रणालीमार्फत थाहा पाउन तथा वैदेशिक रोजगार विभागमा भएका उजुरीको अवस्था मोबाइल एप्सबाट जानकारी लिन सकिने छ । -इन्टरनेट

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ